सिन्धुलीका किसानलाई जुनार सुन्तला टिप्न भ्याईनभ्याई
सिन्धुली ÷सिन्धुलीका किसानलाई यतिबेला जुनार सुन्तला टिप्न भ्याईनभ्याई भईरहेको छ ।
जिल्लाको गोलन्जोर गाउँपालिकमा जुनार र सुन्तला पाकेसंगै त्याहाका किसानलाई भ्याईनभ्याई भएको हो ।
सो पालिकाको वडा नम्बर १, वडा नम्बर २ ,वडा नम्बर ३, वडा नम्बर ४, वडा नम्बर ५ र वडा नम्बर ६ मा यतिबेला जुनार सुन्तला पाकेर पहेलपुर भईरहेको छ । यहाँका किसान यतिबेला जुनार सुन्तला टिप्न र बजार सम्म लगेर बेच्न निकै व्यस्थ देखिन थालेका छन् ।
कृषकहरुको अनुसार गोलन्जोर गाउँपालिकामा गत वर्ष भन्दा यो वर्ष निकै राम्रो जुनार सुन्तला उत्पादन भएको छ । गत वर्ष किसानहरूले खेतबारीमै देख्ने पुतलीहरूले फलमा टोक्ने र रस चुस्ने जस्ता कारणहरुले गर्दा फल कुहिने, पाक्न नपाई खस्ने जस्ता समस्याहरू देखिएको कारणले गर्दा किसानहरुले निकै घाटा बेहोर्नु परेको थियो ।
गोलन्जोर गाउँपालिका ५ खनियाखर्कका ४५ वर्षीया निर्मला रोेक्काको हाल २ कठ्ठा जमीनमा जुनार र सुन्तलाका बगैचाहरु छन् । रोक्काले सो बगैचा बाट वार्षिक १ लाख देखी १ लाख ५० हजार सम्म आम्दानी हुने सिन्धुली खबरलाई बताउनुभयो ।
त्यस्तै सोही ठाउँका अर्का कृषक राज कुमार रम्तेलको अनुसार गत वर्ष भन्दा यस वर्ष फल कुहिने, पाक्न नपाई खस्ने जस्ता समस्याहरू नहँुदा निकै राम्रो जुनार सुन्तला फलेको र आम्दानी पनि राम्रो भएको सिन्धुली खबरलाई बताउनुभयो । उहाँले जुनार र सुन्तलाबाट वार्षिक २ लाख सम्म आम्दानी हुने बताउनुभयो ।
सो पालिकामा उत्पादन भएको जुनार र सुन्तला जिल्लाको सिन्धुलीमाढी बजार आसपासका स्थानहरु लगायत बिभिन्न ठाउँका सहरहरुमा बिक्रि हुने गर्दछ । कार्तिकको तेस्रो हप्ताबाट खाने बेला भएको उक्त फल माघ महिना सम्म उत्पादन र बिक्री हुने गरेको किसानले बताएका छन् । हाल जिल्लाको सदरमुकाममा १५० रुपौयाँ किलो सुन्तला र ८० देखी १०० रुपौयाँ किलो सम्म जुनार बिक्री भइरहेको छ ।


