सिन्धुलीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु

सिन्धुली/‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तरर्गत सिन्धुलीमा पनि विभिन्न कार्यक्रम गरी शुभारम्भ गरीएको छ ।
कमलामाई नगरपालिकाले ¥याली तथा कोण सभाको आयोजना गदै आज मंगलबार बाट सो अभियानको शुभारम्भ गरेको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सो दिवस मनाउँदै आईरहेका छन् ।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ” भन्ने नाराका साथ नगरपालिकाको कार्यालय अगाडिबाट सुरु गरिएको ¥याली १ नम्बर बजार, २ नम्बर बजार, गैरी बजार हुँदै मधुटार परिक्रमा गरेर पुनः सोही स्थानमा आएर कोण सभामा परिणत गरीएको थियो ।
कोण सभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनु भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले राष्ट्रियतालाई जोखिममा नपारोस् भन्ने शुमकामना दिनुहुँदै १६ दिन मात्र नभई वर्षभरि नै हिंसा विरुद्धका कार्यक्रमलाई बिशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । त्यस्तै डिजिटल सुरक्षाको महत्व, लैङ्गिक समानता प्रवद्र्धनमा स्थानीय तहको प्रतिबद्धता तथा हिंसा विरुद्ध शून्य सहनशीलता अपनाउन आवश्यकता रहेको समेत बताउनुभयो ।

त्यस्तै उपप्रमुख मञ्जु देवकोटाले १६ दिने अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी महिलाको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न सबै क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनु हुँदै लैङ्गिक हिंसा न्यूनिकरणका लागि पालिकाका १४ वटै वडाहरुमा सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरीने समेत कोण सभा मार्फत जानकारी दिनुभयो ।

त्यस्तै, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले महिलाहरु लाई मात्र नभई पुरुषहरु समेत हिंसामा पर्ने बताउँदै हिंसा उन्मूलनका दुवै समान रूपमा सचेत हुनु आवश्यकरहेको बताउनुभयो ।

सो अभियान अन्तर्गत कमलामाई नगरपालिकाले आज साँझ जुनारचोकमा दीप प्रज्वलन कार्यक्रमको समेत आयोजना गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *