गोलन्जोर १, डुँडभन्ज्याङमा आठ कोठे विद्यालय भवन बन्ने

सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिका १ डुँड्भन्ज्याङ् धन्सारमा अवस्थित सिद्धेश्वरी प्राथमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

शनिबार एक औपचारीक कार्यक्रमकाबिच उक्त विद्यालयको नयाँ आठ कोठे भवनको शिलान्यास गरिएको गाउँपालिकाले जनाएको छ । गोलन्जोर गाउँपालिकाको समन्वय तथा ’ब्याक टु लाइफ ई.भी. जर्मनी’ र समुदाय पद्धति विकास सेवा सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा भवन निर्माण हुन लागेको बताइएको छ ।

जम्मा १ करोड ८० लाख १२ हजार ६ सय ४ रुपैयाँ १३ पैसामा भवन निर्माण हुनलागेको हो । भवन निर्माणका लागि शिशिर कन्ष्ट्रसन एण्ड सप्लायर्स प्रा.लि, गोलन्जोर ४ सिन्धुलीसँग यही असोज २ गते सम्झौता गरिएको छ । एक वर्षभित्रमा भवन निमार्ण सम्पन्न गर्ने गरि सम्झौता भएको गाउँपालिकाले जनाएको छ । भवन निर्माण भएपछि विद्यार्थीहरुमा थप सहजता पुग्ने र विद्यालयका लागि पनि कक्षा कोठा अभावको समस्या समाधान हुने वडा अध्यक्ष सोम प्रसाद बरालले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *