नेरेसो सिद्धबाबा उपशाखाले गर्यो वक्तृत्वकला प्रतियोगिता

सिन्धुली/अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिद्धबाबा उपशाखा कमलामाई नगरपालिका–४ को आयोजनामा प्रतियोगिता गरिएको हो ।
“सामाजिक तथा मानवीय सेवा कार्यमा विद्यार्थीको भूमिका” शीर्षकमा प्रतियोगि विद्यार्थीहरुले आफ्ना गहकिला तर्कहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयहरु गरी ६ विद्यालयका १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा सहभागि भएर उत्कृष्ट क्षमता प्रदर्शन गर्ने सवै विद्यार्थीहरुलाई आयोजकले बधाई ज्ञापन गरेको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई प्रमाणपत्र र विभिन्न पुस्तकहरु वितरण गरिएको थियो ।
प्रतियोगितामा कमला मावि ढुंग्रबासकी समिता श्रेष्ठले प्रथम स्थान हाँसिल गर्नुभएको छ भने सिन्धुली पाठशालाकी सनिला वर्माले द्वितीय स्थान प्राप्त गर्नुभएको छ । त्यस्तै सिन्धुली एकेडेमीकी समृद्धि कोईरालाले तृतीय स्थान हाँसिल गर्दा विद्याश्रम दोभानटारकी प्रिन्सा दुलाल सान्त्वना हुनुभएको छ । नेपाल रेडक्रस सोसाईटी सिद्धबाबा उपशाखा कमलामाई नगरनपालिका–४ का अध्यक्ष सन्तोष बोहोराको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।