सिन्धुलीमा हरियो चुरा र मेहेन्दी किनमेल वढ्यो

सिन्धुली/साउन महिना लागेसँगै सिन्धुलीमा हरियो चुरा र मेहेन्दी किन्नेहरुको किनमेल गर्नेको संख्या वढ्न थालेको छ ।
विशेष गरी महिलाहरुले साउन महिनामा हरियो चुरा लगाउने परम्परागत रहेकोले हरियो चुरा र मेहन्दी लगाएतका सामानहरु किन्नेहरुको भिडभाड देखिन थालेको हो ।
हिन्दू धर्मावलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकोले गर्दा साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिने गरेको छन् । साउन महिनामा विवाहित नारीहरु व्रत बस्दा आफ्नो श्रीमानको आयु बढ्ने, सोचे आटेका कुराहरु पुरा हुने र घरपरिवारमा शान्ती छाउने विश्वासले व्रत बस्ने गरेका छन् । साथै साउन महिनामा अधिकांस महिलाहरुलाई हातमा चुरा, मेहेन्दी लगयत हरियो पँहेलो पहिरनमा सजियको देख्न सकिन्छ ।
साउन सुरु हुन लागेसंगै सिन्धुलीमा सादा चुरा ५० रुपैयाँ, बुटे चुरा ६० रुपैयाँ, पोते ३० देखि १०० रूपौयाँ, लाहाको चुरा २ सय रूपैयाँ, मेहेन्दी २० रुपैया नेङपोलिस ५० रुपौयाँमा करोवार भईरहेको एक व्यापारी नेहा शाहले सिन्धुली खबरलाई बताउनुभयो । शाहले चुरा पोते मेहेन्दी नेङ्पोलिस बेचेर एक दिन मा ४ हजार देखी ५ हजारसम्मको व्यापार गर्नु हुन्छ अरु महिना भन्दा साउन महिना नजिकिए संगै बजारमा चुरा पोते मेहेन्दी किन्नेको भिडअलि वढी रहेको समेत उहाँ बताउनु हुन्छ् ।
सिन्धुली जिल्लको सदरमुकाम माडीबजार, धुरा बजार स्ट्ल बजार लगायत अन्य स्थानका श्रृङगार पसलहरुमा यतिबेला महिलाहरु हरियो चुरा र मेहेन्दीका सामाग्री खरिदका गर्नको लागि निकै ब्यस्त देखिन थालेका छन् ।
चुरा लगाएत साउन महिनामा प्रयोग हुने अन्य सामाग्रीहरुको मुल्य फरक फरक हुने गरेको ग्राहकहरुले बताएका छन् । फरक फरक भाउमा सामान किन्नु पर्दा निकै समस्या हुने गरेको कमलामाइ नगरपालिका वडा नम्बर ४ कि कमला मङग्राती बताउनुभयो ।