सुनचाँदी व्यवसायीहरुले गरे शान्तिपूर्ण विरोध सभा

सिन्धुली/सिन्धुली सुनचाँदी व्यवसायी सघंले मंगलबार शान्तिपूर्ण विरोध सभा गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेटबाट सरकारले सुनको गरगहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गरगहनामा १३ प्रतिशत भ्याट अनिवार्य गरेपछि त्यसको विरोधमा संघले विरोध र्याली समेत निकालेको छ । नेपाल सरकारले बजेट भाषणमा प्रस्तुत गरेको उक्त बिषयलाई लिएर त्यसको खारेजीको माग गर्दै संघले विभिन्न विरोधका कार्यक्रमहरु गरिरहेको छ।

 

संघले मंगलवार सुनचाँदी व्यवसायीहरुको हित विपरित भएको उक्त कार्यको विरोध गर्दै कमलामाई नगरपालिका ६ को २ नम्बर बजारदेखि लोकतान्त्रिक चोक सम्म विरोध र्याली निकालेको थियो । लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत हुँदै सम्बोधनका कार्यक्रम सहित विरोध सभा सकिएको हो । नेपाल सुनचाँदी व्यवसायी, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ तथा नेपाल हस्तकला महासंघले संयुक्त रूपमा विरोधका कार्यक्रमहरु सन्चालन गरिरहेका छन्।

नेपाल सुनचाँदी ब्यवसायी संघ सिन्धुलीका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र बिश्वकर्माले भ्याट अनिवार्यले गर्दा २० हजार भन्दा वढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत बताउनुभयो । साथै उहाँले छिमेकी मुलूक भारतमा भन्दा नेपालमा भन्सार दर ४ प्रतिशत बढि भएकोले त्यसलाई घटाएर भारतमा जस्तै ६ प्रतिशत भन्सार दर बनाउन सरकारलाई आग्रह समेत गर्नुभएको छ । सरकारले यस्ता निर्णयहरु बेलैमा सच्याएर युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न सुनचाँदी व्यवसायीहरुले आग्रह गरेका छन् । यदि सरकारले पेलेर आफ्ना मागहरु सम्बोधन नगरे देशैभर काम ठप्प पार्ने संघले चेतावनी दिएको छ ।


प्रतिक्रिया

One thought on “सुनचाँदी व्यवसायीहरुले गरे शान्तिपूर्ण विरोध सभा

  1. सुनचाँदी ब्यबसायका लागि सरकारको नीति अनुचित छ। भ्याट र करले व्यापारीहरूलाई ठूलो असर पारेको छ। यसले धेरै व्यक्तिहरूको रोजगारीमा असर गर्न सक्छ। सरकारले यसलाई फेरि विचार गर्नुपर्छ। के सरकारले यस्ता नीतिहरू फेरि समीक्षा गर्ने छ? Recently, I came across a program for GPT-generated text (генерация текста) in Russian. The cool part is that it runs locally on your own computer, and the output is actually unique and quite decent. By the way, I hope the content on your site isn’t AI-generated?

Leave a Reply

Your email address will not be published. Required fields are marked *