कमलामाई ४ का २७ जना एकल महिलालाई मौरीको घार वितरण

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ का एकल महिलाहरुलाई मौरीपालन तालिम तथा घार वितरण गरिएको छ ।

कमलामाई नगरपालिका वडा नं.४ को आयोजनामा आज २७ जना एकल महिलाहरुलाई मौरीको घार वितरण गरिएको हो । २० वर्ष देखि ४५ वर्ष उमेर समूहका महिलाहरुलाई लक्षित गरी उक्त घार वितरण गरिएको वडा नंं.४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो । एकल महिलाहरुलाई जीविकोपार्जन गर्न सहयोग पुगोस् र सानो तीनो खर्च टार्दै दैनिकी सहज बनोस् भन्ने उद्देश्यले घार वितरण गरेको बताइएको छ।

घार वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले वडा लक्षित वर्गको सवालमा वडा जहिले पनि सकारात्मक रहेको बताउनुभयो । साथै वहाँले एकल महिलाहरुको सहयोगमा वडाले सधैँ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

मौरीको घार पाए पश्चात महिलाहरूले वडालाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । कमलामाई नगरपालिका ४ का अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य धन कुमारी श्रेष्ठ, गोरी माया विसुन्के, आकाश श्रेष्ठ, कृषि प्राविधिक, वडाका कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-content']