दुध उत्पादक किसानहरुलाई प्रोत्साहन रकम वितरण

सिन्धुली/बाग्मती प्रदेश शःर्शत अनुदान उत्पादनमा आधारित दुधमा प्रोत्साहन कार्यक्रम अन्र्तगत १ लाख ९१ हजार रकम तीनपाटन गाउँपालिकाका किसानहरुलाई वितरण गरिएको छ ।
तीनपाटन गाउँपालिका भित्रका दुग्ध उत्पादनसँग जोडियका शहकारी, दुध डेरी तथा किसानहरु सँग समन्वय गरी सम्झौता अनुसार दुध उत्पादक किसानहरुलाई प्रोत्साहन रकम वितरण गरियो ।
बाग्मती प्रदेश सरकारबाट आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अनुसार पौडेल डेरी उद्योग प्रा.लि. तीनपाटन–२ भीमस्थान र आयमूलक साना किसान कृषि शहकारी सस्था लि. तीनपाटन–१ बेलघारी दुवै सस्था मार्फत तीनपाटन वडा नं. २ र वडा नं. ५ का २०७ किसानहरुलाई आज एक कार्यक्रम गरि वितरण गरियो ।
तीनपाटन गाउँपालिकाका उपाध्यक्ष धन बहादुर पुलामी (अशोकं) को प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडाध्यक्ष गोविन्द बहादुर राउत, तीनपाटन गाउँपालीका पशु शाखा प्रमुख डा. किशल श्रेष्ठ लगायत दुग्ध उत्पादक किसानहरुको बाक्लो उपस्थितिमा वडा नं.१ को कार्यलय प्राङगणमा वितरण गरिएको थियो । प्रति लिटर १ रुपैया ७२ पैसाका दरले गत श्रावण महिना देखि चैत्र महिना सम्मको किसानहरुको दुध उत्पादनलाई आधारमानी वितरण गरिएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ को वडा नं. १ बेलघारी बाट बिनियोजित रु १ लाख दुध उतपादनमा प्रोत्साहन कार्यक्रम अन्तरर्गत सूचना अहन गरी आयमुलक साना किसान तथा कृषि शहकारी मार्फत दुध उत्पादन गर्ने १३५ जना किसानहरुलाई २०८१ श्रावण देखि २०८२ वैशाख सम्मको दुध उत्पादनको रेकर्ड अनुसार प्रति लिटर २ .१ रुपैयाका दरले संयुक्त रुपमा वितरण गरिएको वडाध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । कार्यक्रममा कारणवस अनुपस्थिति केहि किसानहरुलाई आ–आफ्नो दुध संकलन केन्द्रमा सम्पर्क गरी लैजान तीनपाटन गाउँपालिका पशु शाखा प्रमुख डा. किशल श्रेष्टले सुझाव दिनुभयो ।
दुध उत्पादनमा लागेका किसानहरुलाई सरकारले हैसे होस्टे गरिदिदा किसानहरु दुध उत्पादनमा थप हौसला मिलेको र आगामी दिनहरुमा उत्पादन लाई थप बढाउने बेलघारीका किसान छत्र पाण्डेले बताउनु भयो । यस अघि गत सनिबार तीनपाटन –२ भीमस्थानमा पौडेल डेरी उद्योग प्रा.लि. केन्द्रमा ९२ जना किसानहरुलाई वितरण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *