तीनपाटनका तीन विद्यालयको अनुगमन

सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिकाले पालिका अन्तर्गत रहेका ३ वटा विद्यालयको शैक्षिक एवं भौतिक प्रगतिको बुधवार अनुगमन गरेको छ । जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) द्धारा सन्चालित कार्यक्रमहरुको अनुगमन गरिएको हो ।

जेएसडिपी सिन्धुलीले प्लान इन्टरनेशनल नेपालको सहयोमा सन्चालन गरेको बालिका सशक्तिकरण तथा वाल प्रत्याभूत संचार परियोजना अन्तर्गत सन्चालन गरेका कार्यक्रमहरु र तिनको प्रभावकारीता बारे जानकारी प्राप्त गर्न अनुगमन गरिएको बताइएको छ । साथै परियोजना सन्चालन पश्चात प्राप्त उपलव्धिको अवस्था पहिचानका लागि पनि अनुगमन गरिएको तीनपाटन गाउँपालिकाले जनाएको छ ।

सँस्थाले तीनपाटन गाउँपालिकाको वडा नं.१ बेलघारीमा रहेको चन्द्रावती मावि, वडा नं. २ हिलेपानीमा रहेको सरस्वती मावि र वडा नं.३ मा रहेको पाटनदेवी मावि कोटगाउँमा भौतिक, वातावरणीय सुधार एवं शैक्षिक सुधारको क्षेत्रमा विभिन्न कार्यक्रम सन्चालन गरेको छ । सरस्वती माविमा आराम कक्ष निर्माण, व्यवस्थापन, किशोरीहरूका लागि सचेतना सम्वन्धि कार्यक्रम गरेकोछ भने पाटनदेवी माध्यमिक विद्यालयमा बालमैत्री बसाइ व्यवस्थापन, किशोरीहरूका लागि सकारात्मक शिक्षा, भित्ते लेखन, खेलकुदका सामाग्री हस्तान्तरण, कक्षा कोठाको व्यवस्थापन, शिक्षकहरूलाई तालिम कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै वडा नं.१ बेलघारीको चन्द्रावती माध्यमिक विद्यालयमा ग्रिन विद्यालय अन्तर्गत फलफूलका विरुवा वितरण तथा अन्य आवस्यक सहयोग गरेको सँस्थाले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, तीनपाटन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्लान इन्टरनेशनका प्रतिनीधि, जनजाति समाज विकासका प्रतिनीधि एवं अन्य सरोकारवालाहरुको उपस्थितिमा अनुगमन गरिएको हो । जेएसडिपी सिन्धुलीले प्लान इन्टरनेशनल नेपालको सहयोगमा पालिकाको १, २ र ३ नम्वर वडामा रहेका तीनवटा विद्यालयमा कार्यक्रम सन्चालन गरेको छ । जसअन्तर्गत विद्यालयहरुमा भित्ते लेखन, आरामदायी कक्षा कोठा व्यवस्थापन, कमजोर विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा सञ्चालन, किशोरीहरुका लागि महिनावारी कक्षा, विद्यालयको रंग रोगन जस्ता कामहरु गरीएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *