हरिहरपुरगढीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी सचेतना कार्यक्रम

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली निमित्त प्रमुख दिपक तिमल्सीनाको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन आयुर्वेदले हामीलाई सहयोग गर्न सक्ने बताउनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली निमित्त प्रमुख दिपक तिमल्सीनाले हरिहरपुरगढी गाँउपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयमंसेविका हरुलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली तथा नागरिक आरोग्य सेवा केन्द्र हरिहरपुरगढी बाट प्रदान गरिने सेवा तथा कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, ३ नम्बर वडाका अध्यक्ष कुलबहादुर भोलन, ५ नम्बर वडाका अध्यक्ष साईला लामा लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *