लदी पुजाको अबसरमा मरिणले दुई दिन विदा दिने

सिन्धुली/मरिण गाउँपालिकाले माझी समुदायको मुख्य पर्व कोशी पूजा अर्थात लदी पूजाको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ।
गाउपालिलाले एक सूचना प्रकाशन गर्दै लदी पूजा अर्थात कोशी पूजाको अवसरमा यही फागुन १९ र २० अर्थात भोलि र पर्सी दुई दिन सार्वजनिक विदा दिने भएको छ।
सार्वजनिक विदामा गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका कार्यालय तथा शिक्षण संस्थाहरूमा बन्द रहने पालिका प्रकाशन गरेको पत्रमा उल्लेख गरिएको छ
प्रतिक्रिया
[gam_ad_position alias='single-after-content']