जनज्योति मावि फोस्रेटारमा रेकर्डिङ्ग स्टुडियो

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालीका–५ मा रहेको श्री जनज्योति माध्यमिक बिद्यालय फोस्रेटारमा रेकर्डिङ्ग स्टुडियो स्थापना गरिएको छ ।

बिद्यालयमा भएका विभिन्न गतिविधी र कायक्रमको अडियो, भिडियो रेकर्ड गर्न तथा अन्य कार्यक्रमका लागि स्टुडियो स्थापना गरिएको बिद्यालयका प्रधानाध्यापक योगेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । प्रधानाध्यापक अधिकारीका अनुसार स्टुडियो संचालनको लागि अझै केहि समय लाग्ने छ । जनज्योति माध्यमिक बिद्यालयमा जिल्लामै पहिलो पटक स्टुडियाे स्थापना गरिएको प्रधानाध्यापक अधिकारीले दावि गर्नुभयो । ३ लाख रुपैयाँ वजेटमा स्टुडियाे स्थापना गरिएको बताइएकाे छ ।

विद्यार्थीले कार्यक्रम प्रस्तुत, समाचारलेखन, अडियो, भिडियो रेकर्ड लगायतको काम स्टुडियोमा गर्ने अधिकारीकाे भनाइ छ । स्टुडियो संचालनका लागि जनज्योति मिडीया क्लव गठन गरेर मात्रै स्टुडियो भित्र भएका हरेक गतिबिधीहरु संचालनमा ल्यउने बताइएकाे छ । सो स्टुडियोबाट व्यक्तित्व क्षमता विकास, कार्यक्रम उत्पादन र कक्षाको कुनै पनि विषय बस्तु रेकर्ड गर्न सकिने छ । केहि समयपछि बिद्यालयको एउटा कोठामा ‘हेयर कटिङ्ग सैलुन’ खोल्ने र अरु ठाउंँमा भन्दा सस्तोमा विद्यार्थीको कपाल काट्ने योजना समेत रहेकाे प्रधानाध्यापक अधिकारीले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *