• असोज २५, सिन्धुली/बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । शुक्रबार (आज) बिहानबाट एकतर्फी सुचारु भएकोमा खुलेको दुई घन्टापछि पुनः रोशी गाउँपालिका ११ पिप्लेमा सुक्खा पहिरो गएपछि पुनः बिपी राजमार्ग अवरुद्ध भएको हो ।
    पहिरोमा परेर सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको प्रहरीले जनाएको । त्यस्तै खोटाङबाट काठमाडौँ जाँदै गरेको ना १ ज– ६८१७ नम्बरको सुमो पनि पहिरोले पुरिएको छ । प्रहरीको अनुसार पहिरोबाट मानवीय क्षति भने भएको छैन ।
    हाल पहिरो खसिरहेको हुनाले बिपी राजमार्ग भएर यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ । आजबाट बिपी राजमार्ग एकतर्फी सन्चालनमा आउने भनिएपछि काठमान्डौँबाट सिन्धुली सहित तराईका विभिन्न जिल्ला र मध्यपहाडि राजमामार्ग हुँदै खोटाङ,सोलुखुम्बु जिल्ला हिडेका यात्रुहरु अलपत्र परेका छन् ।
    प्रतिनिधिसभा सदस्य राजन दाहालले सडक पुनः अबरुद्ध भएको खबर प्राप्त भएकोले खुलाउने प्रयास भइरहेको बताउनुभयो । गत ११ र १२ असोजको बाढी तथा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको थियो।