• असोज १९, सिन्धुली/जिल्लाको मरिण गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयहरुर्मा करेसाबारी व्यवस्थापन कार्यक्रम’ लागू हुने भएको छ । सो कार्यक्रमका लागि शुक्रबार गाउँपालिका र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
    विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमुनाका रूपमा मरिणका १२ वटा मावि विद्यालयर्मा करेसाबारी व्यवस्थापन कार्यक्रम’ लागू गरेको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।
    गाउँपालिकाले पहिलो पटक लागू गरेको सो कार्यक्रमबाट विद्यार्थीहरुले कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ सिक्ने अवसर पाउने उहाँले बताउनु भएको हो । कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले नमुना योजना थालेको हो ।
    उक्त कार्यक्रमका लागि गाउँपालिकाले ८ वटा सर्तहरु अघि सारिएको छ । गाउँपालिकाले कार्यक्रमका लागि प्रत्येक विद्यालयलाई ५०/५० हजार रुपैयाँ अनुदान प्रदान गरिने तर तोकिएको समयमाभित्र कार्य सम्पन्न नगरेमा विद्यालयमा नियमानुसार निकासा हुने हन्य शिर्षकका रकमबाट उक्त रकम कट्टा गरी असुल गरिने शर्तमा उल्लेख छ ।
    विद्यालयले ५ कट्ठा जमिनमा करेसाबारी निर्माण गर्नुपर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाले दिएको रकमबाट जग्गा भाडामा खर्च गर्न नपाउने, प्रस्तावित कार्यक्रम २०८२ जेठ १५ गते सम्म सम्पन्न गरिसक्नु पर्ने लगायत ८ वटा सर्तहरु रहेका छन् ।
    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले विद्यार्थीलाई इच्छुक भएको क्रियाकलापमा संलग्न गराउन अनुरोध गर्नुभएको छ । किताब पढ्ने र आफैले व्यवहारिक रुपमा गर्नुमा धेरै अन्तर रहेको बताउनुभयो ।
    कार्यक्रमअन्तर्गत विद्यालयमा लौका, करेला, काउली, बोडी र भिन्डी खेती गर्न सकिने भएकोले विद्यालमा लागू भएको दिवा खाजाको लागि पनि सहयोग मिल्ने विद्यालयका प्रधानाध्याकले बताउनु भएको छ ।
    यसरी `करेसाबारी व्यवस्थापन कार्यक्रम’ विद्यालयमा मात्र नभई विद्यार्थीहरुको घरमा कृषि कर्ममा परिवर्तन भई घरको आर्थिक अवस्थामा सुधार ल्याउनमा मद्दत पुग्ने आसा गरिएको छ ।