-
भदौ २६, सिन्धुली/विश्व आत्महत्या रोकथाम दिवश –२०८१ को अवसरमा जिल्लामा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धि पत्रकार तथा सरोकारवालासँग अभिमुखिकरण तथा अन्तरक्रिया गरिएको छ ।
“आत्महत्या रोकथाम बारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ ” भन्ने नारा सहित दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय सिन्धुलीले जिल्लाका पत्रकार तथा सरोकारवालासँग सोमबार अभिमुखिकरण तथा अन्र्तक्रिया गरेको हो ।
कार्यक्रममा सिन्धुली अस्पतालका मेडिकल अधिकृत डाक्टर अर्पणा कार्कीले आत्महत्याको परिचय, संकतहरु, माध्यमहरु, लक्षण, आत्महत्या सम्बन्धि गलत धारणाको बिषयमा प्रष्ट्याउनु भएको थियो ।सिन्धुली जिल्ला आत्महत्याबाट मृत्यु हुनेमा नेपालकै दोस्रो स्थानमा पर्दछ । अस्पतालमा आत्महत्या प्रसासबाटै एक सातामा ४,५, जना विरामी आउने गरेको र दिनहुँ जसो आत्महत्या गरेको व्यक्ति पास्मार्टमको लागि ल्याइने डाक्टर कार्कीले जानकारी दिनुभयो ।
तथ्याङ्क हेर्दा आत्महत्या प्रयास महिलाले बढी गर्ने गरेको छ भने आत्महत्याबाट मृत्यु हुने बढी पुरुष रहेका छन् । डाक्टर कार्कीले आत्महत्या रोकथामका आधारभुत चरणहरु, समस्या र चुनौति, कानुनी प्रावधानको बिषयमा पनि सहजीकरण गर्नुभएको थियो ।
डाक्टर कार्कीले आत्महत्या रोकथाममा सन्चारकर्मीहरुको बिशेष भूमिका रहने बताउनुभयो । “आत्महहत्याका घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेको व्यक्तिको ज्यान जोगाउन मदत पुग्दछ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ ।” डाक्टर कार्कीले भन्नुभयो ।
पत्रकारले आत्महत्या सम्बन्धी शब्दावलीहरु प्रयोग नगरी मानसिक स्वास्थ्य प्रवद्र्धन सम्बन्धी सचेतना संदेश प्रवाह गर्र्नुे उहाँले बताउनुभयो ।
कार्यक्रममा ओसिएमसी सिन्धुलीका सुनिता बर्माले जिल्लामा ओसिएमसी स्थापना देखि आलसम्म २ हजार १८१ जनाले सेवा लिएको जानकारी दिनुभयो । ती मध्ये १ हजार ४१० जना हाल सम्म पनि फलोअपमा रहेका छन् । मानसिक तथा मनोसामाजिक समस्या भई उपचार पाएका तथा औषधि सेवन गरिरहेका १४५ र अलोअपमा १२३ जना रहिरहेको उहाँले बताउनुभयो ।
आत्महत्या रोकथामको लागि जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनचेतनामुलक कार्याक्रमहरु गर्दै आएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका गंगाराम कार्कीले जानकारी दिनुभयो ।
News Desk 0 response बुधबार, भदौ २६, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२