-
भदौ २२, सिन्धुली/गोलन्जोर गाउँपालिकाले सुँडे पुतलीबाट फल जोगाउनका लागि नयाँ योजना बनाएको छ । गाउँपालिकाले सुँडे मोथ पुतलीबाट जुनार, सुन्तलामा हुने क्षति न्यूनीकरणका लागि नयाँ योजना बनाएको हो ।
बर्सेनि जुनार, सुन्तलाको फलमा सुँडे पुतली प्रकोपको रुपमा देखापर्ने गर्दछ । यो प्रकोप न्यूनीकरण तथा रोकथामका लागि सुँडे पुतली समात्ने र मार्ने योजना बनेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सुँडे पुतली समातेर सम्बन्धित वडामा बुझाएमा प्रोत्साहन रकमबापत प्रतिपुतलीको २ रुपैयाँ प्रदान गर्ने उल्लेख गर्दै सार्वजनिक सूचना जारी गरेको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।
“सुँडे पुतली जुनार, सुन्तलाको फलमा बसेर बर्सेनि लाखौँको क्षति पुर्याउने गरेको छ । तत्कालका लागि पुतली समात्ने र मार्नेभन्दा अरु उपाय छैन । त्यसैले गाउँपालिकाले पुतली समातेर मार्नेलाई दुई रुपैयाँ नगद प्रोत्साहनस्वरुप प्रदान गर्ने निर्णय गरेको हो,” अध्यक्ष बरालले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले सुँडे मोथ पुतली रोकथामका लागि वैज्ञानिक तथा कृषकसँग बारम्बार अन्तरक्रिया गदैँ आएको छ । गाउँपालिकाले नियन्त्रणका लागि भदौ २० गते सूचनामार्फत सुँडे मोथ पुतली समातेर मार्ने व्यक्तिलाई नगद प्रदान गर्ने जानकारी गराएको थियो ।
उक्त पुतली फलमा बसेपछि फलको आकार नबढ्ने, फलको बोक्रामा रस चुसेको ठाउँ खैरो, त्यसको वरिपरि पहेँलो र सुन्तले चक्का देखिने गर्दछ । चुसाहा मोथ-पुतलीले उस्पोरा थरीको ढुसी फलमा सारेर फललाई रोगी बनाउने भएकाले गुदी गल्छन् । यस्ता फलहरु रुखबाट भुइँमा झर्ने गर्दछ ।
वर्षेभरि नै फलको बगैँचामा सक्रिय रहने भए पनि सुँडे पुतलीको संख्या विशेषगरी असार, साउनदेखि कात्तिक, मंसिर यामसम्म ह्वात्तै बढ्ने स्थानीय कृषकहरुको भनाइ छ । “चुसाहा मोथ-पुतलीहरु रातको समयमा सक्रिय हुने स्वभावका कीरा हुन् । रातभरि नै यी पुतलीहरु फलफूल चहार्दै रस चुसी हिँड्छन् । रातको खास प्रहर, साँझको ७ देखि रातको ११ बजे र बिहानीको ४ देखि ६ बजेको अवधिमा बगैँचामा यस पुतलीले फलफूलको रस चुस्ने क्रिया तीव्र हुन्छ,” परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले जनाएको छ ।
News Desk 0 response शनिबार, भदौ २२, २०८१
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन
सोमवार, अशोज २१, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१