• साउन ३२, सिन्धुली/जिल्लाको मरिण गाउँपालिका स्थित कपिलाकोट माध्यमिक विद्यालय छाप,महेश्यताले चालु शैक्षिकसत्र २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । बिहिबार जिल्लामै पहिलो पटक कपिलाकोट माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थितीमा प्रधानाध्यापक अमृत घिसीङले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।

    विद्यालयको शैक्षिकस्तर गुणस्तरीय बनाउन तथा आर्थिक पारदर्शिताको लागि नयाँ कार्यको सुरुवात गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । “ यो ऐतिहासिक कार्य हो । यसले विद्यार्थीको शैक्षिक स्तर उकास्ने पनि आसा गरेका छौँ । सार्वजनिक सँस्थाको आर्थिक पादरर्शिता हुन्छ । ; अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

    प्रधानाध्यापक अमृत घिसिङले शैक्षिक तर्फ ३०, भौतिक तर्फ १६ ,आर्थिक तर्फ ८ र आर्थिक प्रणाली ब्यवस्थापन तर्फ १८ गरि जम्मा ७२ बुँदे निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

    उहाँले आम्दानी तर्फ ३ करोड ६४ लाख ३८ हजार ७७४ रुपैयाँ, प्रस्तावित जम्मा खर्च ३ करोड ३४लाख १९ हजार १३५ रुपैयाँ, चालु खर्च तर्फ जम्मा २ करोड ९९ लाख १४ हजार ६०७ रुपैयाँ ,पूजिगत तर्फ ६५ लाख २४ हजार १६७ रुपैयाँ प्रस्तुत गर्नुभएको
    विद्यालयको शैक्षिक कार्यक्रमहरु
    १.मरिण गाउँपालिकाको कुनै पनि विद्यालयमा विज्ञान विषयको कक्षा संचालन नरहेको हुदा यसै शैक्षिक सत्र २०८१ देखि कक्षा ११ मा विज्ञान विषयको कक्षा संचालन गरिने छ । साथै विज्ञान विषय संचालनका लागि आवश्यक सामाग्री र शिक्षक ब्यवस्थापन गरिने छ ।
    २. प्राविधिक धार वालीविज्ञान अध्ययन गर्ने विद्यार्थीहरुको बृद्दी र विकाशका लागि प्रयोगशालाहरुको निर्माण र मर्मतका साथै आवश्यक सामाग्रीहरु ब्यवस्थापनका लागि विषेश पहल गरिने छ । साथै प्राविधिक धार संचालन र ब्यवस्थापनका लागि लिदै आएको अभिभावक सहयोग शुल्कको विषयमा पुनरावलोकन गरिने छ ।
    ३. आधारभूत शिक्षा परीक्षा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा र कक्षा १२ को बोर्ड परीक्षाम विद्यार्थी उत्तीर्ण दर बृद्दी गर्नका लागि अनिवार्य अतिरिक्त कक्षा संचालन गरिने छ ।
    ४. अतिरिक्त कक्षालाई प्रभावकारी रुपमा संचालन गर्नका लागि दिवा आवसिय संचालन गरिने छ ।
    ५. अतिरिक्त कक्षामा अनुपस्थित विद्यार्थीहरुको समस्या अध्ययत गरि उक्त समस्याहरुको समाधानका लागि आवश्यक सवै उपायहरुको अवलम्वन गरिने छ ।
    ६. छात्रबृत्ती कोषबाट वितरण गरिने छात्रबृत्ती विषेश गरि कक्षा १० र १२ मा अध्ययन गर्ने छात्रछात्राहरुलाई लक्षित गरि वितरण गरिने छ ।
    ७ . कक्षा १० र १२ को वार्षिक परीक्षामा आफ्नो विषयमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई सम्मान सहित न्युनतम रु.१०००० (दश हजार) नगद पुरस्कारको ब्यवस्था गरिने। साथै अन्य कक्षाहरुमा पनि आफ्नो विषयमा सतप्रतिशत उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई सम्मान सहित उचित नगत पुरस्कारको ब्यवस्था गरिने छ ।
    ८.विद्यार्थीहरुको बृहत्तर विकासका लागि एक शैक्षिक सत्रमा एक पटक सास्कृतिक महोत्सव, खेलकुद महोत्सवको साथै गणित एवं विज्ञान प्रदर्शनीको आयोजना गरिने छ ।
    विद्यालयको भौतिक कार्यक्रमहरु
    १. बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि खेदकुदलाई जोड दिन आवश्यक खेलकुद सामाग्री र खेल मैदान वा स्थलको निर्माण गरिने छ । वालविकास र एल केजी लगाएत तल्लो कक्षामा अध्ययनरत बालबालिकाहरुका लागि बाल उद्दान निर्माणका लागि आवश्यक पहल गरिने छ र यसै शैक्षिक सत्र भित्र निर्माणको प्रकृया थालनी गरिने छ ।
    २. विज्ञान ल्याव, गणित ल्याव, लाइब्रेरीको उचित ब्यवस्थापन गरिने छ । प्राविधिक धार बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई पढ्दै कमाउदै कार्यक्रममा जोड दिनका लागि आवश्यक ब्यवस्थापन गरिने छ ।
    ३. आवश्यक कार्य विधि निर्माण गरि प्रदेश सरकारबाट उपलब्ध स्कूल वस संचालन गरिने छ ।
    ४. सभाहल निर्माणका लागि आवश्यक पहल गरिने छ ।
    ५.वैकल्पिक उर्जाको स्रोत सोलार प्यानलको मर्मत गरि प्रयोगमा ल्याइने छ । साथै इन्भर्टरको ब्यवस्थापन गरिने छ। लगायतका योजना निर्माण गरिएको छ ।

    विद्यालयको आर्थिक कार्यक्रम
    १. अभिभावकहरुलाई विद्यालय प्रति अपनत्वको भावना जागृत गराउनका लागि विद्यालयलाई सहयोग गर्ने संस्कारको विकास गराउने उदेश्यका साथ यसै शैक्षिक सत्र एवं आर्थिक वर्षबाट हरेक अभिभावकहरुलाई कक्षागत रुपमा वर्षको एक पटक अभिभावक सहयोग शुल्क वापतको रकम सहयोगका लागि आव्हान गरिने छ ।
    २. वर्षको रु. ३००० तिन हजार भन्दा बढी रकम विद्यालयलाई सहयोग गर्ने अभिभावकहरुलाई प्रमाण पत्र सहित वार्षिकोत्सव तथा अभिभावक दिवशको अवसरमा सम्मान गरिने छ।
    ४. अनिवार्य अतिरिक्त कक्षा शुल्क वापत प्रति विषय कक्षा १–५ रु.२०० कक्षा ६–८ रु. २२५ कक्षा ९–१० रु. २५० र कक्षा ११–१२ रु. ३०० का दरले विद्यार्थीबाट असुल गरिने छ र अतिरिक्त कक्षामा खटिने शिक्षकहरुलाई प्रति घण्टी कक्षा १–५ रु २२५ कक्षा ६–८ रु. २५० कक्षा ९–१० रु ३०० र कक्षा ११–१२ रु. ३५० का दरले पारिश्रमिक उपलब्ध गराइने छ ।