मरिणले ल्यायो ६३ करोड ६० लाखको बजेट, पूर्वाधार विकास प्राथमिकतामा
असार ८,सिन्धुली/मरिण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ६३ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आज (शनिबार) गाउँपालिकाको दोस्रो गाउँसभा तथा पाँचौं अधिवेशनमा पालिका उपाध्यक्ष विमला माझीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा चालु खर्चतर्फ कूल बजेटको करिब ६८ प्रतिशत अर्थात् ४३ करोड २० लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगत शीर्षकतर्फ भने २० करोड ३९ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कूल बजेटको ३२ प्रतिशत हो ।
उपाध्यक्ष माझीले प्रस्तुत गरेको बजेटमध्ये झण्डै आधा संघ र प्रदेश सरकारको स्रोतमा निर्भर रहेको छ । गाउँपालिकाको आफ्नै स्रोतबाट खर्च गर्ने गरी ३२ करोड ४५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । बाँकी ३१ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको बजेट संघ र प्रदेशको अनुदानबाट खर्च गरिने उल्लेख छ । जसमा संघीय सरकारतर्फको बजेट २५ करोड ७३ लाख ६६ हजार र प्रदेश सरकारतर्फ पाँच करोड ४१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
मरिण गाउँपालिकाले आगामी आवका लागि संघीय सरकारबाट समानीकरण अनुदानमार्फत नौ करोड ७७ लाख रुपैयाँ पाउने भएको छ । यस्तै राजस्व बाँडफाँडमार्फत ११ करोड ८१ लाख, सशर्त अनुदानतर्फ २४ करोड ३३ लाख ६६ हजार र विशेष अनुदानमार्फत एक करोड ४० लाख रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष माझीले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।
यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ९२ लाख ५३ हजार, ससर्त अनुदान दुई करोड ६१ लाख ४७ हजार, समपूरक अनुदान दुई करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँडमार्फत दुई करोड ६१ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
आगामी आवका लागि विनियोजित बजेटमध्ये चार करोड ३७ लाख ४९ हजार रुपैयाँ आर्थिक विकासका लागि छुट्याइएको छ । यस्तै पूर्वाधार विकासमा आठ करोड ७३ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष माझीले बताउनुभयो ।
सुशासन तथा संस्थागत विकास शीर्षकमा एक करोड २० लाख ७३ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड ५६ लाख ४० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ३३ करोड ६७ लाख ८९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ११ करोड २४ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रममा आकर्षक नारा र कार्यक्रम
शनिबारकै दोस्रो गाउँसभा तथा पाँचौं अधिवेशनमा पालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ले आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । “समृद्ध मरिणस् खुशी मरिणबासी” को नारालाई पूरा गर्न नीति तथा कार्यक्रम केन्द्रित गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष मोक्तानले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्च वृद्धि र गुणस्तरीय पूर्वाधार निर्माण आगामी आर्थिक वर्षको प्राथमिकतामा राखिएको बताउनुभयो । कृषि तथा पशुपन्छी विकास, सुशासन तथा संस्थागत विकास, वातावरण तथा विपद् व्यवस्थापन, सामाजिक विकासलगायतलाई प्राथमिकतामा राखेर काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन, जलस्रोत तथा सिँचाइ, ऊर्जा, लघु तथा साना जलविद्युत्, वैकल्पिक ऊर्जा, शासन प्रणाली, कानुन तथा न्याय, तथ्यांक प्रणाली, जल उत्पन्न प्रकोप नियन्त्रण, भाषा तथा संस्कृति संरक्षण, युवा तथा खेलकुद, शिक्षा तथा स्वास्थ्यका विषय पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा मरिण गाउँपालिकाअन्तर्गतका सरकारी भवन तथा सरकारी अनुदान प्राप्त सामुदायिक भवन निर्माण गर्दा स्वदेशमा उत्पादन भएका काठ अनिवार्यरुपमा प्रयोग गर्ने नीति लिइने उल्लेख छ । गाउँपालिकाको आम नगरिकहरुमा सहज, सर्वलुभ तबरले वित्तीय संस्थाहरुको पहुँच स्थापित गर्न एटिएमको पहुँच पु¥याउन पहल गरिने, ट्राफिक कार्यालय स्थापनाका लागि पहल गरिनुका साथै सडक सुरक्षालाई मध्यनजर गर्दै मरिण गाउँपालिकाअन्तर्गतको मदन भण्डारी राजमार्ग र सहायक मार्गहरुमा ट्राफिक व्यवस्थापनका लागि आवश्यक सहयोग एवं सहजीकरण गरिने बताइएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको खातिर महान् १० वर्षे जनयुद्दमा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने महान् सहिद शेरमान कुँवरको सम्मानमा गौरीशंकर मा।वि।जयमंगललाई शेरमान कुवँर मा।वि नामाकरण गरिने गाउँपालिका अध्यक्ष मोक्तानले घोषणा गर्नुभयो ।
नीति तथा कार्यक्रममा पूर्वजनमुक्ति सेना तथा जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिहरुले परिवर्तनका खातिर गरेको अमूल्य योगदानको कदर गर्दै स्वास्थ्य वीमा कार्यक्रममा आवद्ध गरी विशेष सम्मान गरिने, सहिद तथा बेपत्ता परिवारलाई मासिक दुई हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता उपलब्ध गराइने, अपांगता भएका व्यक्तिहरुका लागि नाँपजाँचसहित न्यूनतम सहायता सामग्री एवं खास प्रकारका स्वास्थ्य तथा सरसफाइ सामग्रीहरु नियमित र निस्शुल्क उपलब्ध गराउन पहल गरिनेसमेत उल्लेख गरिएको छ ।
मरिण गाउँपालिकाको पर्यटनलाई बहुआयामिक पक्षहरुसँग जोडी एक वडा एक पर्यटन क्षेत्र निर्माणमा विशेष पहल गरिने, तामाङ समुदायको संस्कार र संस्कृतिको संरक्षण एवं जगेर्ना गरी प्रवद्र्धनका लागि “एक वडा एक गुम्बा” निर्माण गर्ने नीति अबलम्बन गरिनुका साथै मगर समुदायको धार्मिक स्थल मगर विहार निर्माणका लागि आवश्यक व्यवस्था मिलाइने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ । पालिकाभित्र सबै धर्म, संस्कार, संस्कृतिको प्ररवद्र्धन र संरक्षण गरिने तर जबर्जस्ती धर्म परिवर्तन गर्ने गराउने कार्यलाई निरुत्साहित गरिने उल्लेख छ ।
यस्ता छन् आकर्षक नारा र कार्यक्रम
गाउँपालिका अध्यक्ष मोक्तानले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आकर्षक नारा तथा कार्यक्रमहरु समेटिएका छन् । जसमा “एक टोल, एक सिँचाइ संरचना”, “कुटोकोदालो औजार छ हातमा स् मरिण सरकार छ किसानको साथमा”, “एक घर, एक लघु उद्यम”, “स्कुल हाम्रोस् बनाऔं राम्रो”, “एक वडा एक खेल मैदान”, “मरिण सरकारसँग युवा”, “एक घर एक करेसाबारी, एक घर एक कौसी खेती”, “एक घर एक पोषण बगैंचा निर्माण” लगायत छन् ।
यसैगरी “मरिणको पानी बरुणमा लगानी”, “एक घर एक धारास् मरिण गाउँपालिकाको अभिभारा”, “हाम्रो मरिणस् राम्रो मरिणस् उज्यालो मरिण”, “मरिणको विशिष्टतास् सहज, सुरक्षित र भरपर्दो सडक यातायात सेवाको सुनिश्चितता”, “नियमित मर्मत सम्भारस् दिगो सडकको आधार”, “मरिणको रहरस् आर्षक सहर”, “नसोधी, नबोली आउँछ, प्रकृतिको विपद् स् उठौं, जागौं, जोगाऔं जीउधन र सम्पदा”, “हरेक नागरिकको विपद्मा, मरिण सरकार छ साथमा”, “मरिण गाउँपालिकाको सुशासनका आधारस् उत्तरदायित्व, जवाफदेहिता, पारदर्शीता र सदाचार”, “जनता सुखी, हामी खुसी”, “हामीले तिर्ने करस् मरिणको विकासका लागि भर”, “विपन्न वर्गसँग मरिण सरकार” जस्ता आकर्षक कार्यक्रमहरु पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।