• असार २, सिन्धुली/जनजाति आयोग नेपालका अध्यक्ष राम बहादुर थापाले जनजातिको बाहुल्यता रहेको सिन्धुली जिल्लामा बजेट नछुट्याउनु सरोकारवाको वेवास्ता भएको बताउनुभएको छ ।
    सिन्धुलीमाढीमा आयोजित स्थानीय तहमा आदिवासी जनजाति नीति तथा कार्यक्रम बिषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले ६२ प्रतिशत आदिवासी जनजाति रहेको जिल्ला वजेट विहिन हुनु स्थानीय सरकार तथा सरोकारवालाको वेवास्ता भएको बताउनु भएको हो ।
    अहिले हेर्ने हो भने पालिकामा प्रमुख, उपप्रमुख, प्रदेश तथा संघमा पहिलेको तुलनामा जनजाति समुदायका धेरै नेतृत्वमा छन् । कि स्थाननियतहले आदिवासी जनजातिलाई विर्सिय, कि त जनजातिका अभियान्ताहरु सुस्ताय । बर्षौ लडेर जनजाति आयोग बनायौँ । जनजातिको पहिचान जोगाउँन हामि कहाँ चुक्यौँ । आफै समिक्षा गर्नुपर्ने समय आएको छ ।; अध्यक्ष थापाले भन्नुभयो ।
    उहाँले आदिवासी जनजातिको शिर्षकमा आएको रमाइलोको लागि नभएर चेतनाको लागि खर्चिनुपर्ने बताउनु भयो । “ जनजातिमा चेतनाको कमिनै मुख्य कारण हो । सानो सानो कुरा जो आफै बाट हुन्छ त्यहि कुरा पनि हामिले गरेनौकि । ; उहाँले भप्नुभयो ।
    आयोगसँग जनजाति माहासंघको गुनासो सँधै नै रहिरहेको अध्यक्ष थापाको भनाई छ । उहाँले घरेलु मदिरालाई सम्बोधन गर्ने भनेर २ बर्षदेखि थालियो तर स्थानियतहले कानुन छैन भनेरै टारेको उहाँले भन्नुभयो । यदि आयोगले सहजिकरण गरेर सो काम सुरु हुन्छ भने आयोग सहजिकरणको लागि तयार रहेको बताउनुभयो ।
    भाषा, संस्कृति, भेषभुषा, स्थानीय पाठ्यक्रम, नियम कानुन जस्ता कुरामा सदन भन्दा स्थानीय तह बलियो रहेकोले यस्ता काम स्थानीयतहबाटै सुरु गर्नुपर्ने उहाँले भन्नुभयो ।
    सिन्धुली जस्तो आधा भन्दा बढी जनसंख्या आदिवासि जनजाति रहको जिल्ला भएपनि यस्ता गुनासा अझै देख्दा हकअधिकारको कुरामा अझै पछाडिनै रहेको महशुस भएको धारणा राख्नुभयो । उहाँले पालिकाका जनप्रतिनिधिलाई आगामि बजेटमा आदिवासि जनजातिको शिर्षकमा बजेट बजेट छुट्टाउन र सरोकारवालाई काम गर्न समेत आग्रह गर्नुभएको छ ।
    जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा जिल्लामा तथ्याङ्क संकलन गर्दा नै गलत तथ्याङ्क मनलाग्दी लिइएको तथा अन्य जातिलाई नियम कानुन नलाग्ने तर जनजातिको हकमा अक्षरांस पालना गर्नुपर्ने गुनासो राखिएको थियो ।
    त्यस्तै पाठ्यक्रममा जनजातिलाई होच्याएर निर्माण गरिएको , गलत अर्थ लगाउने शब्दको प्रयोग भएको जस्ता गुनासो आएका थिए ।