स्थानीय तह कर्मचारीद्वारा निजामति सेवा दिवस वहिस्कार

भदौ २१, सिन्धुली/स्थानीय तहमा कार्यरत कर्मचारीका संगठनहरूद्वारा निजामति सेवा दिवस बहिस्कार गरेका छन् । विहिवार स्थानीय तहका तीन संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै निजामति सेवा दिवस बहिस्कार गरेका हुन् ।
“ब्यवसायिक, सिर्जनशिल, प्रशासन : विकास, समृद्धि र शुसासन” भन्ने मूल नाराको साथ नेपाल सरकारले भाद्र २२ गते निजजामति सेेवा दिवस २०८० विभिन्न कार्यक्रम गरेर मनाउने तयारी भईरहेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (स्थानीय) सिन्धुलीको अध्यक्ष सुदिप के.सी., स्थानीय तह कर्मचरी युनियन नेपाल सिन्धुलीका अध्यक्ष भरतजंग थापा र स्थानीय तह कर्मचारी संघ नेपाल सिन्धुलीका अध्यक्ष मुकेश तामाङद्वारा संयुक्त हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा “निजामति सेवा ऐन २०४९ संशोधनको नाममा निजामतिसँग सम्वद्ध विभिन्न रााष्ट्रिय स्तरका ट्रेड युनियनहरूको सुझाव सल्लाहका आधारमा संशोधनका लागि संसदमा पेश हुन गईरहेको पुर्वसन्धयामा स्थानीय तहमा कार्यरत सम्पुर्ण कर्मचारीहरूको सेवा, सुविधा, वृृत्तिविकास, लगायतका विभिन्न सवालहरूमा कुनै पनि कुरामा उल्लेख नभएको विभेदकारी निजामती सेवा ऐनमा भएको व्यवस्था बमोजिम मनाउन लाागि रहेको निजामती सेवा दिवसको कार्यक्रमहरूमा सहभागी हुन आौचित्य नरहेको व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि अनुरोध छ” उल्लेख छ ।