गोलन्जोर र फिक्कलमा निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने
जेठ ३१,सिन्धुली/गोलन्जोर गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ । भोलि(बिहिवार) ग्लोल्टार स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएका हो ।
गोलन्जोर गाउँपालिका र सुनकोशी सामुदायिक अस्पताल,खुर्कोटको संयुक्त आयोजनामा निशुल्क आँखा तथा दाँत सम्बन्धी स्वास्थ्य शिविर सन्चालन हुने गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने “पुकार”ले जानकारी दिनुभयो ।
आर्थिक स्थती कमजोर भएका,महिला,दलित,जनजाती,ज्येष्ठ नागरिक तथा बालकालिकाहरुलाई लक्षित गरेर निशुल्क शिविरको आयोजना गरिएको उहाँले बताउनु भयो । शिविर ग्लोल्टार स्वास्थ्य चौकीमा भोलि १० बजे देखि दिउँसो ३ बजे सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
यस्तै फिक्कल गाउँपालिकामा पनि असार १ गते खोलागाउँ स्वास्थ्य चौकीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ । दन्तरोग र आँखा सम्बन्धी निशुल्क शिविर सन्चालन हुने भएको हो ।
फिक्कल गाउँपालिकाको आयोजना तथा सुनकोशी सामुदायिक अस्पताल खुर्कोटको आर्थिक तथा प्राबिधिक सहयोगमा शिविर सन्चालन हुने फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभएको छ ।