मरिणको दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य,

बैशाख २६, सिन्धुली/मरिण गाउँपालिकाले दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । बढ्दो सहरीकरणसँगै दुधको माग गर्ने उपभोक्ता बृद्धि भएकाले गाउँपालिकाले आफ्नै क्षेत्रमा दुध उत्पादन गरेर आत्मनिर्भर बन्ने लक्ष्य लिएको हो ।
बर्षेनी लाखौँ रकम खर्चेर बाहिरबाट दुध आयात गर्ने गरिएको देखिएपछि पालिकाले दुध उत्पादनको लागि पहल अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात)ले बताउनु भयो ।
पालिकामा दुध उत्पादनमा बृद्धि गर्ने उद्देश्यले मरिण गाउँपालिकाले गाउँपालिका भित्रका १ सय ७४ जना कृषकलाई उन्नत जानतको भैसिको पाडी बितरण गरिएको छ । बर्षौ देखि भैसी पालेर दुध बेच्ने गरेका कृषकको छनोट गरेर बिभिन्न सर्तमा पाडी बितरण गरेको पालिका अध्यक्ष मोक्तानको भनाई छ ।

बागमती प्रदेश सरकार र मरिण गाउँपालिको संयुक्तमा पाडी नवप्रवर्द्धन साझेदारी कोष कार्यक्रम अन्तर्गत मरिण गाउँपालिकामा उन्नत जानतको भैसी तथा वंगुर पालन कार्यक्रमको २ करोड ९ लाख ५६ हजार कुल लागतमा १ सय ७४ वटा भैसी र ९ सय वंगुर बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत ओम दर्जीले जानकारी दिनुभयो । जसमा मरिण गाउँपालिकाको ६३ लाख ८६ हजार ८ सय बागमती प्रदेश सरकारको १ करोड ६९ हजार रहेको छ ।
पाडीको स्याहार ब्यबस्थापनको लागि कृषकले जिम्मा लिएका छन् । कृषकले गाउँपालिकाको अनुमती विना किनबेच गर्ने पाउने छैनन् । समय समयमा पाडिको अनुगमनको लागि पशु प्राबिधिक सहित पालिकाको टिम गइने बताइएको छ ।
पुरानै शैलिमा पशु पालन गर्दा खासै आम्दानी नदेखिएकाले कृषकलाई पशु पालनमा आधुनिकरण तालिम सहित उन्नत जातको पाडि बितरण गरिएको हो ।

यतिबेला उन्नत जातको पाडी पाएपछि कृषक भने खुसि हुदै स्याहार सुसारमा लागेका छन् ।
गाउँपालिकाले हालै मात्र कृषकलाई दुग्ध पदार्थ ढुवानीमा समस्या भएको भन्ने गुनासोको सम्बोधन गदैँ ढुवानीको लागि कपिलाकोट साना किसान सहकारीलाई ५ लाख आर्थिक सहयोग र सहकारीको लागतमा अटो सन्चालनमा ल्याइएको छ । उक्त सहकारीले अब कृषकको घर,घर पुगेर दुग्ध पदार्थ ओसार्ने गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
मरिण गाउँपालिकाकै करिब १५ लाख आर्थिक सहयोगमा छापमा कपिलाकोट साना किसान सहकारीले दुध चिस्यान केन्द्र ३ बर्ष अगाडि नै निर्माण गरेको छ । सोहि चिस्यान केन्द्रमा कृषकले उत्पादन गरेको दुध ल्याएर बिक्रि बितरण गर्ने गरेको साना किसान सहरकारीकी पन्चसिंह लामाले जानकारी दिनुभयो ।
कृषकलाई दुध उत्पादनका प्रोत्साहन गर्ने हेतुले मरिण गाउँपालिकाले प्रति लिटरमा ५ रुपैया अनुदान दिने गाउँपालिकाका अधयक्ष मोक्तानको भनाई छ ।
उहाँले भन्नुभयो “ पालिकालाई दुग्ध उत्पादनका आत्मनिर्भर भएर पहिलो भनेको गरिबी निवारण र दोस्रो बढीभन्दा बढीलाई रोजगारी दिने हो । यो दुवै कुराका लागि दुग्धजन्य पदार्थ उत्पादनको क्षेत्रमा ठूलो सम्भावना छ । ”
गाउँपालिकाले चालु आर्थिक बर्षमा कृषि तथा पशुपंक्षि शिर्षकमा ३ करोड ४५ लाख ४० हजार बजेट बिनियोजन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *