मरिणमा बालविवाह न्युनिकरण सम्बन्धि सडक नाटक प्रस्तुत
चैत्र १, सिन्धुली/मरिण गाउँपालिकाको आयोजनामा बाल बिवाह न्यनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ । कला घर सिन्धुलीका कलाकारहरुले आज मरिण गा.पा.मा रहेका ४ ओटा विद्यालयमा सडक नाटक प्रस्तुत गरेका हुन् ।
बालविवाह न्युनिकरणका लागि गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमको जानकारी तथा बालविवाहबाट हुने वेफाईदाहरु सहित जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको हो । नेपालीबाबू सुमनको परिकल्पना तथा निर्देशन रहेको नाटकमा पबित्रा रम्तेल, रिता थिङ, जीवन थापामगर, सन्चिता थापामगर, शिशिर सिद्द , अन्जना सिग्देल, रिता बिक, रुबिना पुलामी, पदम बर्मासाखा लगायत कलाकारहरुको अभिनय रहेको थियो ।
सडक नाटक मरिणको नवज्योति प्रा.वि., मरिण मा.वि. खयरशाल, बरुणेश्वर मा.वि, कपिलाकाेट छाप विद्यालयमा सडक नाट प्रस्तुत गरिएको कला घर सिन्धुलीका अध्यक्ष नोपलीबाबु सुमनले जानकारी दिनुभयो । सडक नाटक अबलोकन गर्न गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, उपाध्यक्ष बिमला माझी तथा वडा अध्यक्ष जित बहादुरको उपस्थिति रहेको थियो ।
मरिण गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि १२ कक्षा सम्म निःशुल्क शिक्षा र छात्रालाई साईकल उपहार, विवाह नगरि स्नातक उत्तिरण गर्ने छात्राहरुलाई १ लाख प्रोत्सान पुरस्कार लगायतका निक्कै प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सडक नाटकबाट अहिले वढी रहेकाे नयाँ प्रविधिकाे दुरुपयाेग बालविवाहकाे घटना वढी रहेकाे र वालविवाहले समाजमा ठूलाे चुनाैती थपिरहेकाे देखाइएकाे नेपालीबाबु सुमनले जानकारी दिनुभयाे ।