अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा मरिणमा १४ जना उत्कृष्ठ महिला उद्यमीलाई नगद सहित सम्मानित

फागुन २४, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिले ११३ औँ अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गाउँपालिकाका १४ जना उत्कृष्ठ महिला उद्यमीलाई नगद सहित सम्मान गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बिमला माझिको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख बिमर्श मोक्तान “प्रख्यात”को प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रत्यक वडा २ जना गरी १४ जना उत्कृष्ठ महिला उद्यमीलाई सम्मान गरिएको हो ।
गाउँपालिकामा बिभिन्न उद्यम गरी उदाहरणीय काम गरिरहेका महिला उद्यमीलाई प्रोत्साहन स्वरुप गाउँपालिकाले जनही ५ हजार नगद र प्रमाणपत्र सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान “प्रख्यात”ले बताउनु भएको छ ।
१० बर्षे जनयुद्धको कारणले लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकाले आज महिलाहरु बिभिन्न ओहोदामा पुग्न सफल भएको उहाँले बताउनु भयो । आफ्नो अधिकार प्राप्तिको लागि अझैपनि संघर्ष गर्न जरुरी रहेको बताउनुहूदै मोक्तानले मरिण गाउँपालिकाले महिला मैत्रि थुप्रै कार्यक्रमको लागि बजेट बिनियोजन गरिएको भन्नुभयो ।
त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बिमला माझिले गाउँपालिकाले महिलालाई आतमनिर्भर बनाउनको लागि ढाका बुनाई,सिलाई बुनाई लगायतका बिभिन्न तालिमको आयोजना गरिएको बताउनु भयो ।
महिलाहरु आत्मनिर्भर बन्नुपर्छ भन्ने कुुरामा जोड दिँनुहुदै माझिले ब्यबसायिक उद्यम सन्चालनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताउनु भयो । ११३ औँ अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा मरिण गाउँपालिकामा अन्य बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।