• फागुन १८, सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकामा एकीकृत घुम्ति शिविर सन्चालन भइरहेको छ । आज घ्याङलेख गाउँपालिकाको २ नम्बर वडामा एकीकृत घुम्ति शिविर सन्चालन गरिएको थियो ।
    एकीकृत घुम्ति शिविर बाट ७० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सूचना अधिकारी किशोर वाइवाले जानकरी दिनुभएको छ । त्यस्तै ७७ जनालाई स्वास्थ्य उपचार सेवा,५१ जनालाई आयुर्बेद उपचार सेवा, १ सय २ जनालाई कृषी सेवा दिइएको सूचना अधिकारी वाइवाले बताउनु भयो ।

    शिविरबाट ७२ जनाले पशु उपचार सेवा, १ जनालाई अपांगता परिचय पत्र वितरण, २ जनालाई योजना सबन्धि सेवा, ३ जनाको गुनसो ब्यबस्थापन १/१ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण, शिक्षा सम्बन्धि सेवा र संस्था दर्ता गरिएको जनाइएको छ ।
    घ्याङलेख गाउँपालिकाको आयोजनामा भौगोलिक विकटताका कारण सेवा लिन कठिनाई भएकाहरुका लागि लक्षित गरेर एकीकृत घुम्ति शिविर सन्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष शंखरमान घलानले बताउनु भयको छ । उक्त शिविर बाट थुप्रै स्थानिय लाभान्वित हुने उपाध्यक्ष घलानले बताउनु भयो ।

    फागुन १६ गते बाट सन्चालन गरिएको शिविर फागुन १९ गते(भोली)सम्म सन्चालन हुने छ । हाल सम्म वडा नम्बर ३,४ र २ मा सन्चालन गरिएको गाउँपालिकाले जनाएको छ । भोली अन्तिम दिन वडा नम्बर १ मा शिविर सन्चालन हुने छ ।