• फागुन १७, सिन्धुली/नेपाल कपडा तथा सिलाई ब्यबसायी सँघ सिन्धुलीको अध्यक्षमा अर्जुन सुन्दास चयन हुनु भएको छ । आज भएको १० औँ साधाारण सभा तथा चौथो जिल्ला अधिवेशनले अर्जुन सुन्दासको अध्यक्षतामा ११ सदसीय कार्यसमिती चयन गरेको हो ।
    नयाँ कार्यसमितीको उपाध्यक्षमा अम्मर सिह परियार, सचिवमा किरण कार्कि, सहसचिवमा भावना श्रेष्ठ, कोषाध्यक्षमा प्रतिक्षा मगर सहित ११ सदस्यीय कार्यसमिती चुनिएको आयोजकले जनाएको छ ।
    नेपाल कपडा तथा सिलाई ब्यबसायी सँघ सिन्धुलीको अध्यक्ष अर्जुन सुन्दासको अध्यक्षताा तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा १० औँ साधाारण सभा तथा चौथो जिल्ला अधिवेशन उद्घाटन भएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्नुहूदै नगर प्रमुख पोखरेलले सिलाई बुनाईका लागि बजेट नै बिनियोजन गरेर तालिम प्रदान गरिने गरिएको बताउनु भयो ।