• फागुन १६, सिन्धुली/सिन्धुलीमा माझी समुदायले आज लदि(कोसी) पूजा मनाएका छन् । माझी समुदायले प्रत्यक बर्षको फागुन महिनाको तेस्रो मंगलबार खोला तथा नदीमा गएर लदि पूजा मनाउने गरेका छन् ।
    सिन्धुलीमा बसोबास गर्ने १५ हजार भन्दा वढीका माझी समुदायले सुनकासी, कमला नदि, मरिण खोला लगायतका आसपासका मुख्य तथा शाखा नदी खोलाहरुमा लदि पूजा मनाइएको माभीm उत्थान संघका जिल्ला अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिनुभयो ।
    लदि पूजा पछिल्लो समय सिन्धुलीमा बिशेष महत्वका साथ मनाउन सुरु गरिएको छ । माझी उत्थान संघका जिल्ला अध्यक्ष माझिले भन्नुभयो “यो पर्वको दिन हामि माझी समुदायका मनिसहरु नुहाउने, घर लिप–पोत गरी सफा राख्ने गर्छौँ । त्यसपछि आ–आफनो घरबाट नजिकको खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गएिको छ । यो दिनमा नदिलाई विशेष रूपले पूजा गरिन्छ ।”
    माझि समुदायले लदि पूजामा विशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँस र परेवागरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलि पनि भनिने अध्यक्ष माझिे बताउनु भयो ।
    सिन्धुलीको मरिण गाउँपालिकाको मझिनी दमार,छाप, घाटा,जयमंखल,भुताहा त्यस्तै हरिहरपुरगढिको बिभिन्न स्थानमा कमलामाई नगरपालिकाको भिमान, रानिबास दुधौलि नगरपलिकाको कुर्थाैली, टाँडि, सुनकोसी गाउँपालिकाको सुनकोसी आसपास, गोलन्जोर गाउँपालिका लगायत बिभिन्न ५० ठाउँ भन्दा बढि ठाउँमा लदि पुजा गरेका छन् ।
    नेपालका अल्पस्ांख्यक जातजातिका भित्रको माझि समुदाय आज पूजा सकेर आफ्ना आफन्तहरू बिच शुभकामना आदानप्रदान गर्ने साथै दिन नाचेर, गाएर रमाइलो गरेर मनाएका छन् । नेपालमा सबैभन्दा बढि माझि समुदाय बसोबास गर्ने ठाउँ मरिण गाउँपालिका हो । मरिण गाउँपालिका र हरिहरपुरगढि गाउँपालिकाले आज सार्बजनिक बिदा समेत दिएको छ ।