जंगली हात्तीको आक्रमणमा मृत्यु भएकाको परिवारलाई बागमती प्रदेश सकरारले १ लाख आर्थिक सहयोग गर्ने

फागुन १६, सिन्धुली/जंगली हात्तिको आक्रमणमा ज्यान गुमाउनेका परिवारलाई बागमती प्रदेश सकारले एक लाख आर्थिक सहयोग गर्ने भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आज मङ्गलवार बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका मकवानपुर मनहरी– ४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया–५ का सन्तलाल माझी र सिन्धुली कमलामाई न.पा.– १३ रानीबासका ४० वर्षीय डण्डपाणि पौडेलको परिवारलाई रू. १/१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका सिन्धुली कमलामाई न.पा.– १३ रानीबासका डण्डपाणि पौडेलका परिवारजनलाई हिजो फागुन १५ गते भेटेर राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख क्षतिपूर्ति रकमसँगै बागमती प्रदेश सरकारको तर्फबाट पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *