• फागुन १६, सिन्धली/सिन्धुलीको दुई गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । मरिण गाउँपालिका र हरिहरपुरगढि गाउँपालिका सिन्धुलीले आज सार्बजनिक बिदा दिएको हो ।
    माझि समुदायहरुकको महान पर्व लदि पूजाको अवसरमा मरिण गाउँपालिका र हरिहरपुरगढि गाउँपालिकाले आज(फागुन १६ गते) सार्बजनिक विदा दिएको हो । गाउँ कार्यपालिकाको कार्यलयको निर्णय अनुसार हरिहरपुरगढि गाउँपालिकाको मातहतमा रहेका सबै सरकारी कार्यालय, शैक्षिक सँस्था, बैक तथा बित्तिय सँस्थाहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेल द्धारा हस्ताक्षरित गाउँपालिकाको सुचनामा उल्लेख गरिएको छ । मरिण गाउँपालिकाले पनि सुचना प्रकाशन गरेर आज सर्वाजनिक विदा दिएको हो ।
    माझि समुदायको उल्लेखनिय बसोबास रहेको सिन्धुलीको दुई गाउँपालिकामा आज खोलाको किनारमा लदि पुजा गरेर मनाउने गरेका छन् । मरिण र हरिहरपुरगढि गाउँपालिकाले लदि पूजाको अवसरमा सम्पुर्ण माझि समुदायलाई शुभकामना समेत ब्यक्त गरेको छ ।