• फागुन १३, सिन्धुली/मैनाली समाज जिल्ला समिती सिन्धुलीले मरिणमा बृहत रक्तदान कार्यक्रको आयोजना गरेको छ । मैनाली समाज नेपाल जिल्ला कार्यसमिती सिन्धुलीको नबौँ बार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनको अवसरमा मरिण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिउएको हो ।
    रक्तदान कार्यक्रममा २ सय ५ औँ पटक रक्तदान गर्नुभएका बिश्व रक्तदाता अर्जुन प्रसाद मैनालीको सहयोग, मैनाली समाज नेपाल जिल्ला समिती सिन्धुलीको आयोजना, मरिण गाउँपालिकाको समन्वय र ब्लड डोनेसन नेपाल र नेपाल रेडक्रस सोसाइटिको प्राबिधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
    मैनाली समाज नेपाल जिल्ला कार्यसमिती सिनधुलीका अध्यक्ष दिपक मैनालीको अध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यता रहेको थियो ।
    बृहत रक्तदान कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान प्रख्यात लगायत ६५ जनाले रक्तदान गरेको मैनाली समाज सिन्धुलीका सचिव प्रेमनाथ मैनालीले जानाकरी दिनुभयो । साथै मैनाली समाज जिल्ला समिती सिन्धुलीले नबौँ बार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनको अवसरमा मरिण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छ ।
    २ दिने निःशुल्क शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ मनोमोहन कार्डियोलोजीका निश्चल शाह, नसा तथा मानसिक रोग विशेषज्ञ लगायतको उपस्थितीमा आज शिविरको पहिलो दिनमै ३ सय ९५ जनाले सेवा लिएको सचिव मैनालीले जानकारी दिनुभयो । २ दिने शिविरमा एक्स–रे, ल्याव तथा बिभिन्न प्रकारको ओषधि निशुल्क गरिएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दाहालले मैनाली समाजले गरेको समाजसेवा सराहनिय रहेको बताउनु भयो । यस्तै समाजसेवा अन्य जातजातीले पनि अनुशरण गर्न आबश्यक रहेको उहाँले बताउनु भयो ।