• फागुन ८, सिन्धुली/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको सभापतिमा पूनः असोको श्रेष्ठ सर्वसहमत निर्वाचित हुनुभएको छ । श्रेष्ठ विगत १२ वर्ष देखि निरन्तर रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको नेतृत्व समालिरहनु भएको छ ।
    श्रेष्ठ नेपाल रेडक्रस सोसाइटी शाखा सिन्धुलीको ५२ औं साधारणसभा एंव अधिबेशनबाट पुनः सर्बसहमतिको निर्वाचित हुनु भएको हो । श्रेष्ठ चौथो पटक निर्बाचित हुनुभएको हो । श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत निर्वाचति हुनु भएको छ । श्रेष्ठ २०५८ साल देखि रेडक्रस सोसाईटी सिन्धुलीको जिल्ला कार्यसमिति सदस्य निर्वाचित हुनु भएको श्रेष्ठ एक कार्यकाल उपमन्त्री र त्यसपछि निरन्तर सभापति निर्वाचित हुनु भएको छ ।

    कार्यसमितिको उपसभापतिमा महेश्वर कोईराला, महला उपसभापतिमा सकुन्तला श्रेष्ठ, मन्त्रीमा लालबहादुर कार्की, कोषाध्यक्ष पुरुषोतम अधिकारी, उपमन्त्रीमा केदारप्रसाद देवकोटा, उपकोषाध्यक्षमा गोविन्दबहादुर कार्की सर्वसहमत निर्वाचति हुनु भएको छ ।
    आइतवार उद्घाटन भएको ५२ औं साधारणसभा एंव अधिवेशनबाट सदस्यहरुमा अप्सरा बराल घिमिरे, सितादेवी सत्याल, दुर्गा लक्ष्मी श्रेष्ठ, लोकमणी तिमल्सीना, एकराज बराल, धनबहादुर बल, रामप्रसाद सिग्देल, सन्तोष कुमार कार्की, जय प्रसाद न्यौपाने र नबराज श्रेष्ठ सर्वसहमत निर्वाचित हुनु भएको छ ।