• फगुन ३, सिन्धुली/दर्ता गरेर झोलामा मात्रै सिमित रहेका सहकारीहरु अब भटाभट खारेज गरिने मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले बताउनु भयो ।

    अध्यक्ष मोक्तानले आज मरिण गाउँपालिकाका सहकारीहरुको अनुगमनका क्रममा सहकारी दर्ता गरेर सन्चालन नगरि झालामै सिमीत रहेका सहकारीहरु खारेज गर्न सुरु गरिने बताउनु भएको हो । मरिण गाउँपालिकमा २९ वटा सहकारी रहेका छन् । आज अनुगमनका क्रममा सहकारीहरु नियम अनुसार नचलेको पाइएको,आर्थिक पारदर्शिता नभएको पाइएको जानकारी दिनुभयो ।
    सन्चालन भएका सहकारी पनि सेवा मुलक नभएको पाइएकाले सहकारीहरु लाई समयसिमा तोकेरै नियम अनुसार सन्चालन हुनुपर्ने,आर्थिक पारदर्शिता हुनुपर्ने पालिकाको निर्देशन अनुसार सन्चालन नभएका सहकारी बन्द गरिने मोक्तानको भनाई छ ।
    सहकारी सन्चालक लाई मरिण गाउँपालिकालेनै तालिम प्रदान गरेर गुणस्तरीय तथा सेवा मुलक सहकारी सन्चालन गरिने अध्यक्ष मोक्तानले बताउनु भयो ।