अध्यक्ष कप खेलकुद प्रतियोगिताको हिसाब सार्वजनिक

माघ २९, सिन्धुली/मरिण गाउँपालिका स्तरीय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रममा भएको हिसाब सर्वजनिक गरिएको छ ।
युवा तथा खेलकुद विकास समिति मरिण गाउँपालिकाले आज मरिण गाउँपालिकाको सभा हलमा पत्रकार सम्मलेन गरेर २३ लाख ५९ हजार ७ सय १९ रुपैयाँ बराबरको खर्च विवरण सर्वाजनिक गरेको हो ।
खर्च विवरणमा पुरस्कारमा ६ लाख २५ हजार, विभिन्न पारिश्रमिक ५ लाख ५१ हजार २ सय, खाजा खाना, पानी, बासमा ४ लाख १४ हजार ७ सय ८० रुपैया, जर्सी खरिद २ लाख ५६ हजार २ सय ८४ रुपैँया, खेलमैदान व्यवस्थापन १ लाख ५७ हजार ९ सय ३८ रुपैँया, यातायात खर्च १ लाख ३८ हजार ७ सय रुपैयाँ, कप, मेलड, प्रमाण पत्र, व्याच व्यानर १ लाख ७ हजार ७ सय ८८ रुपैँया, मेडिकल खर्च ६९ हजार ४ सय ३८ रुपैँया, खेल सामाग्रि ५७ हजार ९ सय ५० रुपैँया, सञ्चार ३० हजार र मसलन्द खर्च १३ हजार १ सय ३५ रुपैँया भएको समितिका अध्यक्ष सागर तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान, उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकी अधिकृत ओमबहादुर दजी लगाएतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *