कमलाखोँच क्षेत्रको हरेक समस्या समाधानको लागि मेरो उम्मेदवारी : भट्टराई

कात्तिक २१, सिन्धुली/सिन्धुलीको कमलाखोच क्षेत्रका हरेक समस्या आफु स्वयमले नै भोग्दै आएकाले ती समस्या समाधानको लागि नै आफ्नो उम्मेदवारी रहेको सिन्धुली क्षेत्र नम्बर १ प्रदेश १ का वाम–लोकतान्त्रिक गठबन्धनदलका साझा उम्मेदवार मातृका भट्टराईले बताउनु भयो ।
चुनावी प्रचारप्रसारमा जनताको घरघरमा पुग्नु भएका भट्टराईले यसभन्दा अघिको प्रदेश साँसद लेखनाथ दाहाल (राजन¬)ले जनताको धेरै नै समस्याको समाधान गरिसकेकाले अब अपुरा काम पुरा गर्नको लागि उम्मेदवारी रहेको भट्टराले बताउनु भएको हो ।


उहाँले भन्नुभयो ‘भिमान देखि दुधौलि बजारको छेउ, उदयपुर जिल्लाको छेउहुँदै बग्ने कमला खोलाको ब्यबस्थित तटबन्धन गर्नुपर्न छ । बिभिन्न ठाउँमा पुल, खानेपानी, सिँचाई लगायतका समस्या अझैपनि केहि ठाउँमा बाँकि नै छन् । शिक्षालाई रोजगार र ब्यबसायमुलक बनाउने उद्देश्यले गुणस्तरीय शिक्षा प्रदान गर्ने, यसभन्दा अघि पनि कमला खोलामा जनताको माग अनुसार पुल बनेका छन् । अझै पनि दुधौलिका कुनै ठाउँमा साना तथा ठुला पुलको आबश्यकता रहेको म आफैले महशुस गरेको छु । कमलामाई नगरपालिका वडा नम्बर १३ को रुचानी र मडाहा लाई जोड्ने पुलको अतिआबश्यक छ । म सो ठाउँमा पुल निर्माणको लागी यसै बर्षमा बजेट बिनियोजन गर्न प्रतिबद्धता गर्दछु ।”


त्यस्तै उहाँले दुधौलि नगरपालिका वडा नम्बर १३ र १४ अन्य वडा भन्दा भौगोलिक हिसाबले बिकट रहेकाले सो ठाउँको कुनै कुनै ठाउँमा यो भन्दा अघि बिजुली र सडक नपुगेकाले आफ्नो कार्यकालको पहिलो बर्षनै बजेट बिनियोजन गरेर सडकको स्तरउन्नती गरेर कालोपत्रे गर्ने र बिजुली पु¥याउने संकल्प गर्नुभयो ।
भट्टराइले हर्षाहि,निपाने र टाँडि क्षेत्रमा खानेपानिको चरम अभाव रहेकाले उक्त समस्या समाधानका लागी प्रयत्न गर्ने बताउनु भयो । तावा खोला,अरुण खोलाले बर्षेनि खेतियोग्य जमिन कटान गरेकाले तटबन्धनको लागी प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो ।
दुधौलि नगरपालिकाले ५बर्षमा कायापटक नै फेरेकाले अझै ५ बर्षमा जनताले गुनासो गर्नुपर्ने कुनै ठाउँनै नरहने गरी काम गरेर देखाउने बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *