• १० असार, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आज कमलामाई नगरपालिका नगर सभा तथा ११ औँ अधिवेशनमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

    नगरपालिकाले कृषि उत्पादनलाइ प्रत्साहन, सुकुम्बासी समस्या समाधान र पर्यटकीय क्षेत्रलाइ विशेषा प्राथमिकतामा राखेकाे छ । नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रलाइ पनि विशेष प्रथमिकतामा राेखेकाे छ ।

    कृषि
    कमलामाई नगरपालिकाले अवलम्बन गरिने निति तथा कार्यक्रमहरुमा कृषि तर्फ नगरमा खेती गरिने जमिनको आकार घट्दै गईरहेको अबस्थामा प्रति युनिट जमिनको उत्पादकत्व बढाउने, किसानहरुलाई “धान विउ उत्पादक” को रुपमा प्रवर्धन गर्ने, नगरक्षेत्रमा उत्पादन हुने तरकारीको बजार, उपभोग र सुरक्षा प्रत्याभूत गर्ने, तरकारी खेतीको व्यवसायिक उत्पादन गर्न चाहनो कृषक वा संगठित कृषकहरुलाई आवश्यकता अनुसार जग्गा प्राप्ती र अत्यावश्यक यान्त्रीकरणमा सहयोग गर्ने निति ल्याइएको छ ।
    त्यस्तै कृषि बालीमा हुन सक्ने विभिन्न रैथाने वा बाह्य किराहरुको अप्रत्यासित आक्रमणको पूर्व तयारीमा रहन सम्बन्धित वडालाई सहयोग गर्ने, नगरक्षेत्रमा उत्पादन हुने फलफुलहरुको उत्पादनलाई प्रोत्साहन गर्ने, पाँच कठ्ठा भन्दा माथिको आकारमा अर्गानिक तरकारी उत्पादन गर्न चाहने कृषकलाई व्यवसायिक योजनाको आधारमा जग्गा प्राप्ति र यान्त्रिकरणमा सहयोग गर्ने, समयमै प्राप्त हुन कठिन भईरहेको रसायनिक मलको पूर्व संचितिकरणको लागि नगरका सहकारीहरुलाई आपतकालिन कर्जाको व्यवस्था गर्ने, बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न पहल गरिने कमलामाई नगरपालिकाका नगर प्रमुख पोखरेलले बताउनु भयो ।

    यस्तै, पशु विकास तर्फ नगर क्षेत्रमा भईरहेका पशु जन्य उत्पादनहरुलाई प्रोत्साहन गर्ने । उन्नत जातका पशु र उत्पादन अभिवृद्धि गर्न किसानको व्यवसायिक योजना अनुसार लगानी गर्ने । नगर क्षेत्रमा एउटा व्यवस्थित पशु बधशाला निर्माण गर्ने । पशु विमा र पशु सुत्केरी खर्चलाई कायम गर्ने निति ल्याइएको छ । गोठ र खोर सुधार कार्यक्रमलाई विशेष प्राथमिता दिने,भेटेरीनरी शिक्षा लिएका युवाहरुलाई न्युनतम ३ महिना स्वयंसेवक गर्न अभिप्रेरित गर्ने, नगर क्षेत्र भित्र माछार अण्डाको उत्पादनलाई बढाउन आवश्यक कदम चालिने जनाइएको छ ।

    नगरक्षेत्रका सम्भावित स्थानहरुलाई फसल उत्पादन पकेट क्षेत्रको रुपमा विकास र प्रोत्साहन गरिने । नगरक्षेत्रमा उत्पादन हुने अदुवाको बजार सुनिश्चित गर्ने । व्यवसायिक कृषि अपनाएका किसानहरुको लागि प्लास्टिक टनेललाई नगरको अनुदानसंग आवद्ध गरिने । “नगर उपप्रमुखसंग कृषक भेटघाट” कार्यक्रम संचालन गर्न पहल गरिने । “वाली एम्बुलेन्स” संचालनको लागि आवश्यक पहल गरिने जनाइएको छ ।

    नीजि क्षेत्र साझेदारी
    उद्योग तथा वाणिज्य तर्फ उद्योग र रोजगारी प्रवर्धन गर्न विगतमा वाणिज्य बैंकसंग भएको सहुलिएत कर्जालाई सहज र प्रभावकारी बनाईने, उद्योग व्यवसाय व्यापारको विकासलाई जोड दिने । बाँसजन्य र परम्परागत काठका सामाग्रीहरु घरेलु उद्योगको रुपामा दर्ता गरी उत्पादन गर्न चाहने उद्यमीहरुलाई सहुलियत ऋणको व्यवस्था गरिने,नगरपालिकाले प्रदान गर्दै आईरहेको विना धितो विना व्याज सहुलियत कर्जालाई निरन्तरता दिईने, उद्योग र वाणिज्य क्षेत्रको विकास र प्रवर्धनमा सिन्धुली उद्योग वाणिज्य संघ लगायत अन्य लगानिकर्ताहरु संग साझेदारी प्रवर्धन गर्ने, सार्वजनिक निजी साझेदारीलाई नगरको कुनै आवश्यक क्षेत्रमा कार्यान्वयन गर्ने निति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख पोखरेलले बताउनु भयो ।
    नगरक्षेत्र भित्रका उद्यामशिलता प्रवर्धन गर्न उद्यामशिलताको पहिचान गरि आवश्यक तालिम तथा सान उद्यम समाग्रीहरु उपलब्ध गराईने,ढाका कपडाको उत्पादनलाई अनुदान र लगानीमा जोडिने, भुईकटरको जुसलाई टेट्राप्याक प्याकेजिङ गर्न पहल गरिने,“उपप्रमुख उद्यमशिल कार्यक्रम” संचालन गरिने जनाइएको छ ।

    पर्यटन
    यस्तै, पर्यटन क्षेत्रतर्फ कमलामाई नगरपालिका १३ स्थित सुनखानि क्षेत्रको पर्यटन प्रवर्धन गरिने, आड–सिन्धुलीगढी पैदल मार्गलाई यसै वर्ष सम्पन्न गरिने, ऐतिहासिक ढनमना याक्सिसको पैदल मार्गलाई पुनरनिर्माण र संचालन गरिने, सिन्धुलीगढी दरवारमा पुरातात्विक बस्तुहरु स्थापित गरिने र आय आर्जनको क्षेत्रमा उपयोग गरिने, कमलामाई नगरपालिका वडा नम्बर १० दोभान क्षेत्रको आजात स्मृति पार्कलाई थप पूर्वाधार निर्माण गर्न पहल गर्ने निति ल्याइएको छ ।
    त्यस्तै चँदाहा खोलामा जलकुडाको लागि उपयुक्त पुर्वाधार निर्माणको लागि पहल गरिने, कमलामाई मन्दिरमा व्यवस्थित पार्क निर्माण गरिने, कमला र ग्वाङखोला नदी संगममा जलकुडाको लागि उपयुक्त पुर्वाधार निर्माणको लागि पहल गरिने, ऐतिहासिक सम्पदाहरु, पाटीपौवाहर आहालहरु, चौतारहरुको संरक्षण गरिने, नगर क्षेत्रका विभिद जातीका मौलिक पहिचानहरुलाई संग्राहलयमा व्यवस्थित गरिने निति प्रस्तुत गरिएको छ ।

    सुकुम्वासी समस्या समाधान
    सुकुम्बासी प्रमाणीकरण भईसकेका लागि जग्गा धनी पुर्जा वितरण कार्यलाई अगाडी बढाईने ।

    सहकारी
    सहकारी तर्फ नगरक्षेत्र भित्रका सहकारीहरुलाई सामाजिक उत्तरदायित्वका गतिविधीहरु संचालन गर्न प्रोत्साहन गरिने,कोपोमिसको उपादेयता र प्रभावकारिता थप अभिवृद्धि गर्ने सम्पुर्ण सहकारीहरुलाई कोपोमिस प्रणलीमा जोडिने निति ल्याइएको नगर प्रमुख पोखरेलले बताउनु भयो ।
    यस्तै जदीजन्य पदार्थ र खनिज तर्फ नगरक्षेत्र भित्रका नदीहरुमा भएका नदीजन्य पदार्थहरुको उत्खनन् तथा निकासीलाई बातावरण मैत्री बनाउने र ढुङ्गा, चुनढुंगा जस्ता खनिजहरुको व्यवसायिकरण गर्न पहल गर्ने, रोजगार प्रवर्धन तथा गरिवि न्युनिकरण तर्फ वैदेशिक रोजगारबाट नगरक्षेत्रमा आएका नागरिकहरुको सीप तथा कलाको व्यवसायिकरण गर्न सहुलियत ऋण उपलब्ध गराउने, सहुलियतको भावनाबाट अभिप्ररित भएको युवाहरुको संगठित इकाईहरुलाई उनिहरुको व्यवसायिक योजनाको आधारमा लगानी गर्न आवश्यक पहल गरिने जनाइएको छ ।
    यस्तै सुकुम्बासि तथा जग्गा व्यवस्थापन तर्फ नगर क्षेत्र भित्रका अभिलेखिकरण गर्न बाँकी रहेका जमिनहरुको अभिलेखिकरण सम्पन्न गर्ने, अभिलेखिकरण भई प्रमाणित भइसकेकाहरुलाई जग्गाधनी पुर्जा वितरण गर्ने जनाइएको छ ।

    स्वास्थ्य
    यस्तै, स्वास्थ्य सेवा तर्फ विगतमा संचालित विभिन्न स्वास्थ्य तथा पोषण अभियानहरुलाई निरन्तरता दिने,नगरक्षेत्रमा ट्रमा सेन्टर खोल्न आवश्यक पहल गरिने, स्वास्थ्य संस्थाहरुबाट प्रदान हुँदै आएको ९८ थरी निशुल्क औषधी उपलब्धतालाई सहज बनाउने , “नगरप्रमुख विपन्न स्वास्थ विमा कार्यक्रम” अन्तरगत नगरक्षेत्रका अपांगता परिचय पत्र भएको असहाय विपन्न ज्याला मजदुरी गर्ने नागरिकहरुको स्वास्ग्य विमा गर्ने कार्यक्रम सार्बजनिक गरिएको छ ।
    जिल्ला अस्पताललाई व्यवस्थित गर्ने निति ल्याईने, अत्यावश्यक स्वास्थ शिविर संचालन गरिने, खुल्ला व्यायामशालाहरु थप प्रसार गर्ने ,प्रशुती अवस्थाका पहिलाहरुको लागि अस्पताल आउने र फर्कन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने ,ब्लड बैंक स्थापनाको लागि आवश्यक पहल गरिने, दैवि प्रकोपमा परेका र विपन्नहरुको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने , दिर्घ रोगीहरुको लागि घरघरमा स्वास्थ्य कर्मीहरु पठाई निशुल्क जाँचको व्यवस्था गरिनेछ ,एचआईभि रोग नियन्त्रण गर्ने कार्यक्रममा जोड दिईने,ओसिएमसि लाई व्यवस्थित गरिनेछ पनि निति ल्याइएको छ ।

    शिक्षा
    शिक्षा तर्फ नगर क्षेत्र भित्र संचालित औपचारिक तथा अनौपचारीका शिक्षण तथा सिकाईलाई थप प्रभावकारी बनाउन स्ययंसेवी विज्ञहरुको समुह गठन गरी उक्त समुहलाई परिचालन गर्ने, अपांगता भएकाहरुलाई विद्यालय पँहुचलाई सहज र प्राप्य बनाउने ,अनाथ तथा असहाय विद्यार्थीहरुको लागि छात्रवृत्तिको व्यवस्था गर्ने , शिक्षकहरुको वृत्तिविकासमा जोड दिने, सामुदायिक तथा निजी विद्यालय विच शिक्षण सिकाई पद्धती सहकार्य गर्न व्यवस्था गर्ने, ‘एक विद्यालय एक अतिरिक्त विधा’ मार्फत विद्यार्थीहरुको प्रतिभा प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयहरुमा दिईदै आएको दिवा खाजाको रकममा थप गरिने ,निबृत्त शिक्षक कर्मचारीको उच्च सम्मान गरिने,माध्यामिक विद्यालयहरुमा छात्रबास निर्माण गर्न सम्बन्धित निकायमा पहल गरिने, विद्यालय बस सेवालाई थप पहल गर्ने ,सामुदायिक सिकाई केन्द्रलाई व्यवस्थित र उद्देश्यमुखि बनाईने, प्रत्यक क्याम्पसलाई एक एक जना उपप्राध्यापक र कर्मचारीको व्यवस्थापनका लागि सहयोग गरिने, उच्च शिक्षामा अनुसन्धानात्मक कार्यक्रमहरुलाई प्रोत्साहन गरिने निति ल्याइएको छ ।
    सामाजिक आचरण, संस्कृतिको जगेर्ना र उत्तरदायित्व तर्फ महिला र पुरुषको भूमिकालाई हरेका गतिविधीमा न्यायोचित, सम्मानित र स्वभाविक बनाउन नगरका हरेक गतिविधीहरुमा महिला र पुरुषको भूमिका संरक्षित गर्ने, नगरक्षेत्र भित्रको कला र संस्कृतिलाई प्रचार, प्रसार र प्रवर्धन गर्न हरेक वडामा मानसिक रुपमा वडाहरुसंगको सतसंग अभियान संचालन गरिने , नगरक्षेत्रमा बन्ने सार्वजनिक पुर्वाधारहरुलाई अपांग एंव अशक्त मैत्री बनाउन पहल गर्ने, कुनै पनि प्रकारको हिंसाउपर सून्य सहनशिलता अवलम्बन गरिने, हिंसा पिडितहरुको लागि राहत र उद्धारको गतिविधीलाई छिटो, सुरक्षित र आत्मसम्मान युक्त वनाउने, महिला शसक्तिकरणको कार्यक्रमलाई निरन्तरता दिइने ,प्रत्येक वडामा जेष्ठ नागरिक आश्रम स्थापना गर्न पहल गरिने,युवा मैत्री कार्यक्रमलाई नगरक्षेत्र भरी सञ्चालन गरिने,जेष्ठ नागरिकलाई सम्मानित जीवन निर्वाह गराउन सहयोग पुर्याउने पारिवारिक सदस्यलाई सम्मान गरिने,महिला सेफहाउस सञ्चालन तथा व्यवस्थित गरिने,महिला लेखा माला कार्यक्रम गराईने,लक्षित वर्गको प्रवर्धन तथा संरक्षण कार्यक्रम गर्ने नीत लिईने,लागु औषध कारोवार र उपभोगलाई नियन्त्रण गर्न नगरक्षेत्रमा सचेतना र कानूनी शिक्षा कार्यक्रमको सञ्चालन गरिने जनाइएको छ ।

    खलकुद
    यस्तै खेलकुद तर्फ मार्सल आर्ट, फुटवल र एथ्लेटिक्सलाई राष्ट्रियस्तरको स्पर्धामा पु¥याउन पहल गरिने,कालीमाटी रंगशालासम्म पुग्ने बाटो कालोपत्रे गर्न पहल गर्ने, कालीमाटी रंगशाला सञ्चालनमा ल्याउने ,मेयर कप फुटबललाई निरन्तरता दिने ,क.न.पा. ६ स्थित खेलकुद मैदानमा प्याराफिट वनाउन पहल गर्ने,राष्ट्रिय तथा नगरस्तरीय दिवसहरुमा विभिन्न खेलकुदहरु सञ्चालन गर्ने,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने नगरक्षेत्रका खेलाडीहरुलाई सम्मान गर्ने निति ल्याइएको छ ।

    भाैतिक पुर्वाधार
    भौतिक पुर्वाधार विकास तर्फ सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राख्ने, नगरक्षेत्रभित्रका उपयुक्त सडकहरुलाई कालोपत्रे गर्ने, कमलामाई नगरपालिका स्थित बसपार्कलाई वहु तले बनाउने,निर्माण हुने, निर्माणाधिन र निर्माण सम्पन्न भैसकेको सडकमा वायो इन्जिनियरीङ र पानीको निकास सुनिश्चित गर्ने, सडक निर्माण पश्चात सडकको रेखदेख र सम्भारको लागि स्थानीय लाभग्राहीहरुलाई नै जिम्मेवार बनाउने निती लिने,रिङरोडको स्तरोन्नती कार्यलाई निरन्तरता दिने, निमार्ण सामाग्री अनिवार्य गुणस्तर जाँच गरिने ,गुणस्तर जाँच प्रविधीलाई थप विस्तार गरिने ,नगरक्षेत्र भित्रका आवश्यक स्थानहरुमा पक्किपुल, झोलुङ्गे पुल तथा कजवे निर्माण गर्न पहल गरिने जनाइएको छ ।

    खानेपानी
    त्यस्तै नगरक्षेत्रभित्रका नागरिकहरुको खानेपानीसम्मको पहुँचलाई औषत १० मिनेटसम्म पु¥याउने, सिन्धुलीगढी र शिद्धबाबा मन्दिर क्षेत्रमा खानेपानीको व्यवस्थापन कार्यलाई यसै आगामी आर्थिक बर्षबाट सुरुवात गर्ने ,सम्भाव्यता हेरेर नगरक्षेत्र भित्रका पानीका तह निकै तल भएका क्षेत्रमा इनार खन्ने कार्यलाई निरन्रता दिने, नगरक्षेत्रमा सोलार वत्ती व्यवस्थापन कार्यलाई निरन्तरता दिने, नगरका ३ क्षेत्रमा मास्ट लाईट व्यवस्थापन गर्ने, नगरक्षेत्रको आवासलाई व्यवस्थित गर्न निमार्णमा एकरुपता कायम गर्ने, विपी राजमार्गका विभिन्न स्थानमा साना पूर्वाधार विकास परियोजना माग गर्न जाइका नेपालसँग समन्वय गर्ने, नगरक्षेत्र भित्रका परम्परागत एवं प्रणालीगत सिचाई मर्मत, नयाँ निर्माण र क्षमता बढाउने कार्यक्रम प्रस्तुत गरिएको छ ।

    सञ्चार
    संचार तर्फ नगरक्षेत्र भित्रका सेवा केन्द्र तथा विद्यालयहरुमा द्रुत गतिको सञ्चार नेटवर्क जोडिने, सिसिटिभीको कभरेजलाई बढाउने, सिन्धुलीमाढी र भिमान बजारबाट सार्वजनिक इन्टरनेट सेवा बुथ सञ्चालन गर्ने, मोवाइल फोन तथा इन्टरनेट कभरेज नपुगेको स्थानहरुमा टावर निर्माण तथा सिग्नल पु¥याउन पहल गरिने, पत्रकार तथा पत्रकारिताको संस्थागत एवं पेशागत क्षमता अभिबृद्धि गर्न सहयोग गरिने, नगरवासिहरुलाई सवैखाले सुचनामा पहुँच एवं हकको सुनिश्चित गर्न सुचनाको हक राष्ट्रिय महासंघसँग सहकार्य गरिने जनाइएको छ ।

    वन, वातावरण
    वन तथा वातावरण र विपद व्यवस्थापन तर्फ कमलामाई नगरक्षेत्रका रैथाने वनको संरक्षण कार्यलार्य विशेष प्राथमिकता दिईने ,वनको प्रार्कतिक विकासमा अवरोध नआउने किसिमले चरिचरण , सडक निर्माण र डँढेलोको व्यवस्थापन गरिने,नगरक्षेत्रका ठुला नदि किनारहरुमा नदि नियन्त्रणलाई समेत सहयोग पुग्ने गरी वातावरण मैत्री करिडर निर्माण गरिने,अनाधिकृत किसिम र परिमाण हुने वनक्षेत्र तथा वनस्पतिको दोहनलाई निरुत्साहन गरिने,नगर क्षेत्रको वातावरणमा प्रमुख भुमिका नदि, बजार क्षेत्र र उद्योग क्षेत्रको सम्वेदनशिलतामा कडा नियम कार्य अवलम्वन गरिने छ बताइएको छ ।
    वातावरण संरक्षण् र विपद व्यवस्थापन तर्फ प्लाष्टिकको किनमेल झोलाको प्रयोगलाई निरुत्साहन गर्न उद्योग वाणिज्य संघ र नागरिक समाजसँग समन्वय र सहकार्य कायम गरिने, नगरका ५ स्थानहरुलाई प्लाष्टिक सुन्य वजार वनाउन पहल गरिने,नगरक्षेत्रका माध्यमिक विद्यालयहरुमा संगठित एन्को क्लवको क्षमता विकास गरिने,उत्कृष्ठ एन्को क्लवहरुलाई पुरष्कृत गरिने, नदी नियन्त्रण कार्यमा वायो इन्जिनियरिङ र नदीवहाव क्षेत्रमा हुर्कने वनस्पतीहरुको संरक्षण गरिने, फोहोरबाट कम्पोष्टिङ र बायोग्याँस निकाल्ने कार्यको लागि उपयुक्त क्षेत्र तथा निकायहरुसँग समन्वय गरिने, वारुण यन्त्र र गार्वेज भेकलको थप उपलब्धताका लागि पहल गरिने, अलिवार्निङ र नदी सिर र पुछार सञ्चार कार्यलाई व्यवस्थित गरिने,उद्धार कार्यको लागि आवश्यक उपकरण र तालिमको ब्यवस्था गरिने,बजार क्षेत्रको लागि मिनी ब्रुमरको उपलब्धताको लागि पहल गरिने,नगरक्षेत्र भित्रका सम्पुर्ण पार्कहरुलाई सरंक्षण र सम्भार गरिने,चुरेक्षेत्र र नगरका अन्यक्षेत्रबाट वहने नदीहरुको दिगो संरक्षणको लागि प्रयास गरिने,नगरक्षेत्र भित्र अन्य ल्याण्डफिल साइट स्थापना गर्न आवश्यक सर्वेक्षण र वातावरणीय असरको अध्ययन गरिने प्रकृतीक सोत साधनको दिगो विकास, संरक्षण एवम न्यायोचीत उपयोगको नीति लिइने जनाइएको छ ।

    संस्थागत विकास
    सुशासन तथा संस्थागत विकास तर्फ नगरपालिकाको सेवा प्रवाह, विनियोजन विधयेक तथा कर शुल्क ब्यवस्थापनको लागी ऐन नियम, निर्देशिका, कार्यविधी निर्माण तथा अवलम्बन गर्ने कार्यलाई निरन्तरता दिइने, नगरकार्यपालिकाले सम्पादन गर्नुपर्ने कार्य र साखागत जिम्मेवारी र कर्मचारीहरुको दिगो ब्यवस्थापनको लागि यसै बर्ष सर्वेक्षण गर्ने कार्यलाई अगाडि बढाउन एक कार्यदल गठन गरिने, नगरका वडा कार्यालय भवनहरु निर्माण गर्दै जाने नगरपालिकाबाट प्रवाह हुने सेवालाई ब्यवस्थित, प्रभावकारी, जवाफदेही, उत्तरदायी वनाउन सेवाको प्रकृति अनुसार माहाशाखा, शाखा, उपशाखा तय गरी सेवा प्रवाह गरिने जनाइएको छ ।
    त्यस्तै जनप्रतिनिधी तथा कर्मचारीहरुको ब्यावशायिकता र क्षमता अभिबृद्धि गर्न तालिम तथा अवलोकन भ्रमणको ब्यवस्था गरिने,अन्तर्राष्ट्रिय नगरहरुसँग भएको भगिनी सम्बन्धलाई नगरपालिकाको समृद्धिका लागि उपयोग गरिने,नगरक्षेत्रभित्रका ऐलानी एवं अब्यवस्थित जग्गाको अभिलेखिकरण गरी उपयोगमा ल्याउन पहल गरिने ,नागरिक सैनिक सम्बन्धलाई नगरको हितमा ल्याउन पहल गरिने,नगरक्षेत्रभित्र काम गर्ने गैरसरकारी संस्थाहरु र नीजी निकायहरु सँग ब्यावसायिक सम्बन्ध कायम गरिने ।

    न्याय

    न्यायिक समितिको ब्यावशायिकता लाई विश्वसनीय र प्रभावकारी वनाउन आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने,सवैखाले नागरिकहरुलाई न्यायिक समितीमा पहुँचको सुनिश्चितता गरिने,नगरपालिकामा आउने सेवाग्राहीहरुको सहजताको लागि सेवाग्राहीको सेवाको लागि कर्मचारीहरु सहितको हेल्पडेस्क ब्यवस्थापन गरिने,प्रविधी मैत्री सेवा अवलम्बन गर्न पहल गरिने, नगरक्षेत्रको विविध गतिविधीहरुलाई सञ्चार माध्यम मार्फत देशविदेशमा प्रसार गर्ने निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

    वित्तीय ब्यवस्थापन तर्फ नगरको कर प्रणाली र शुल्कलाई आम नागरिकले स्विकार गर्न सक्ने गरी निर्धारण गरिने र करलाई प्रभावकारी क्षेत्रमा उपयोग गरिने,नगरमा विविध करका क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुलाई करको दायरामा ल्याउन पहलगरिने,कर शिक्षालाई हरेक नागरिकको बुझाई र आत्मसातको तहसम्म पुर्याईने ।

    नगरपालिकाको आय र व्ययलाई मासिक रुपमा नगरपालिकाको वेभ साइटमा राखिने,बेरुजु र, पेश्कीको आयतनलाई न्यूनीकरण गर्दै आगामी वर्षहरुमा वित्तिय अनुशासन एवं आन्तरिक नियन्त्रण प्रणालीलाई हदैसम्म अवलम्बन गरिने नगर प्रमुख पोखरेलले बताउनु भयो ।