-
कोभिड–१९ ले वर्तमान विश्वलाई शिर झुकाउन बाध्य बनाएको छ । मजबुत आर्थिक अवस्था र सक्षम स्वास्थ्य प्रणाली भएका विश्का शक्ति राष्ट्रहरु पनि यतिबेला कोरोनाको सवैभन्दा धेरै क्षति व्यहोरिरहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम बढिरहेको छ । कोरोनाकै कारण कतिले ज्यान गुमाउनुपर्ने हो भन्ने सोच्न समेत सकिँदैन ।
News Desk 0 response मङ्लबार, भदौ ९, २०७७
कोराना बाजा बजाएर, झ्याली पिटेर आको हैन । यदि महामारी त्यसरी आउँथ्यो भने अवस्था अहिले जस्तो हुँदैनथ्यो । तर अहिले कोरोना संक्रमितलाई आपसमा हेर्ने नजर र गरिने व्यवहार मुल्यांकन गर्ने हो भने मानिसले मानवीयता गुमाइसकेको छ । क्वारेन्टिनमा बसेका संक्रमितहरुलाई समाजले हेर्ने नजर र गर्ने व्यवहार हेर्दा लाग्छ यतिवेला समाज कुनै इलम नपाएर क्वारेन्टिनमा बसेका संक्रमितहरुको चर्तिकला हेरेर समय विताइरहेको छ । संक्रमितहरुको मनोबल बढाउन उनिहरुलाई हौसला, सहयोग र सत्भावको खाँचो हुन्छ । तर हामी यतिबेला त्यसको बद्लामा घृणा र तिरस्कार दिइरहेका छौँ । क्वारेन्टिनको झ्यालबाट संक्रमितले बाहिर हेर्दासम्म छिमेकीहरु उसलाई छिछि र दुरदुर गरिरहेका छन् । लाग्छ उनिहरु रमिता हेरिरहेका छन् । ठिक त्यहि ठाउँमा छिमेकीले आफू, आफ्नो परिवारको कोहि सदस्यलाई राखेर हेर्दा के त्यो व्यवहार मानवीयता भित्र पर्छ ?
हाम्रो समाज अहिले यति क्रुर बनिरहेकोछ कि त्यसको लेखाजोखा नै गर्न सकिन्न । छिमेकीहरुले गरेको अमानवीय व्यवहारले संक्रमितहरुमा त्रास थपिने बाहेक अरु केहि हुँदैन । तर पनि समाज किन यति निर्दयी बनिरहेको छ ? एउटा सेवाभाव बोकेर मानवीय सेवामा अग्रसर हुँदैगर्दा संक्रमित भएको स्वास्थ्यकर्मी जसले आफूलाई वास्ता नगरि विरामीको सेवामा आफूलाई समर्पित गरिरहँदा संक्रमणको शिकार हुन्छ । तर समाज उसैमाथि खनिन्छ किन ? यहि गतिमा संक्रमण फैलिँदै जानेहो भने कुनै पनि सेवा क्षेत्र बाँकी रहला भन्न सकिन्न । त्यस्तोबेला यो समाज कहाँ रहला ? जसले उपचार गर्छ उसैमाथि जाइलागेपछि समाजको स्तरलाई मापन गर्न सकिएला र ? विश्व समुदाय आक्रान्त बनिरहेको वर्तमन परिवेशमा हामीले साँधको क्वारेन्टिनमा बसेका संक्रमितहरुलाई अमानवीय व्यवहार भोगायौँ भने परिणाम कसैको पक्षमा राम्रो हुँदैन । आपसी सत्भाव कायम राख्दै, माया, सहयोग र हौसलाले मात्र कोरोनोमाथिको जीत सम्भव हुन्छ । स्वास्थ्यकर्मीमाथि गरिने दुव्र्यवहार र संक्रमितमाथि गरिने अमानवीय हर्कत यथासक्य चाँडो बन्द गराउन सम्वन्धित निकायले कुनै कसर बाँकी राख्न हुँदैन ।
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१