• सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमितको संख्या ३ पुगको छ । आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ पुगको हो । आज थपिएका कोरोना संक्रमित दुबै जना भारतबाट आएका पुरुष हुन् ।
    सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेलका अनुसार नयाँ संक्रमण दुईमध्ये तीनपाटन गाउँपालिका ३ का २५ वर्षीय पुरुष हुन्र । यस्तै, अर्का संक्रमित कमलामाई ११ का १७ वर्षीय पुरुष हुन् ।
    दुबै जना भारतबाट आएर सिन्धुलीमाढीको क्वारेन्टाइनमा बसेका थिए । संक्रमित दुवै जनालाई सिन्धुली अस्पतालको आईसोलेसन कक्षमा राखेर उपचार सुरु गरिएकाे स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताउनु भयो ।

    संक्रमितसँगकाे सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ् भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले जानकारि दिनुभएकाे छ । यसअघि बिहिबार कमलामाई १४ का २३ बर्षिय पुरूषमा काेराेना पुष्टि भैसकेकाे छ ।