राप्रपा सिन्धुलीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुली, १५ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा सिन्धुलीका अध्यक्ष द्वय भिष्मराज श्रेष्ठ र इन्द्र भुजेलको नेतृत्वको टोलिले विहिवार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।
राप्रपा सिन्धुलीले सन् १८१६ को सुगौली सन्धी अनुरुप महाकाली नदी पूर्वका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकोले कुटनितिक तबरबाट समस्याको समाधान गर्न र आवश्यक परे अन्तर्राष्ट्रिय मञ्चमा समेत कुरा उठाउन पहल गर्न नेपाल सरकारलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्ष गराएको छ ।
राप्रपा सिन्धुली अध्यक्ष द्वय भिष्मराज श्रेष्ठ र इन्द्र भुजेलले संयुक्त हस्ताक्षर गरेको ज्ञापनपत्रमा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दु भएको थाहा हुँदा समेत नेपालसँगको परामर्श र सहमति विना नै उक्त क्षेत्रलाई भारतसँग दुई पक्षीय व्यापारी नाका वनाउने र यातायात सञ्चालनका निमित्त खोल्न अनुमति र सहमति प्रदान गर्न छिमेकि मित्र राष्ट्र चिन सरकारको नीति समेत आपत्तिजनक रहेको जनाएको छ ।
भारत सरकारले अनाधिकृत व्यवहारको नेपाल सरकाले पटक पटक विरोध जनाउदै आएको र उक्त समस्या समाधान गर्न तथा नेपाली भू–भागबाट भारतीय सेना फिर्ता लैजानुको सट्टा भारतले सो क्षेत्रमा एकपक्षिय ढंगबाट सडक बनाई यातायात संचालन गरेको प्रति आपत्ति जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *