कमलामाईले मनायो २९ औँ स्थापना दिवस
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो २९ औँ स्थापना दिवस मनाएको छ ।
नगरपालिकाले आज सनिबार एक कार्यक्रमको आयोजना गर्दे नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा आफ्नो २९ औँ स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्नुहँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले नगर स्थापना दिवस एउटा यस्तो अवसर हो जसमा कुनै पनि नगरको स्थापनाको सम्झना गरिन्छ र यो अवसर विशेष गरी नगरवासीहरू, निर्वाचित हामी जनप्रतिनिधिहरु र कर्मचारीहरुका लागि महत्वपूर्ण हुन्छ, यसले नगरको इतिहास र संस्कृतिलाई सम्झना दिलाउँछ उहाँले भन्नुभयो ।त्यस्तै उहाँले कमलामाई पालिकालाई थप समृद्ध र विकसित बनाउन हरेक प्रयास गर्ने बताउनुभयो ।
त्यसैगरी नगर उप प्रमुख मन्जु देवकोटाले नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुहुदैँ नगरलाई सुन्दर बनाउनका लागि सबै नगरवासीको सहयोग अपरिहार्य रहेको बताउनुहुदैँ नगरका विभिन्न विकासका योजनाहरुलाई समयमै सम्पन्न गर्न र नागरिकलाई सहज सेवा प्रदान गर्नेतर्फ विशेष ध्यान दिने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा नगर उप प्रमुख मन्जु देवकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नि.प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

