सिन्धुलीमा ८ महिनामा ८० ओटा महिला हिंसा, सचेतनाका शिर्षकमा खर्च बढ्दै, हिंसा झन् थपिँदै
सिन्धुली/महिला हिंसाको देशव्यापी तथ्यांक हेर्दा पनि घटनाहरु न्युन हुनुको सट्टा झन् थपिँदैगएको स्पष्ट हुन्छ ।
महिला हिंसा विरुद्धका कार्यक्रमहरु सन्चालनका लागि जति रकम खर्चियो उति घटनाहरु थपिँदैजानुले समाजको चेतनास्तर माथि पनि प्रश्न चिन्ह खडा भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा ८० वटा महिला हिंसाका घटनाहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको तथ्यांक अनुसार पछिल्लो तीन आर्थिक वर्षमा महिला हिंसाका घटनाहरु अलि बढि देखिएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९५ ओटा महिला हिंसाका घटनाहरु भएका थिए ।
त्यस्तै २०८१/८२ मा ११६ ओटा र चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा ८० ओटा महिला हिंसाका घटनाहरु भएका छन् । हरेक वर्ष महिला हिंसाका घटनाहरु बढ्दै गएको यो तथ्यांकले पुष्टि गर्छ । यसलाई न्युनीकरण गर्न प्रहरी र अन्य संघसँस्थाहरुले विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आईरहेका छन् । तथापि जति धेरै कार्यक्रमहरु सन्चालन गरियो त्यसको तुलनामा हिंसाका घटनाहरु झनझन् थपिँदैगएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उपलब्ध गराएको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना अर्थात साउन देखी फागुन महिनासम्म जिल्लाको ९ स्थानीय तहहरुमा ८० ओटा महिला हिंसा भएका छन् । स्थानीय तहगत रुपमा हेर्दा कमलामाई नगरपालिकामा ४७ ओटा र दुधौली नगरपालिकामा १६ ओटा महिला हिंसाका घटना भएको देखिन्छ ।
त्यस्तै तीनपाटन गाउँपालिकामा ५ ओटा, गोलन्जोर गाउँपालिकामा ४, घ्याङलेख गाउँपालिकामा १, मरिण गाउँपालिकामा ५ ओटा, हरिहरपुरगढी गाउँपालिकामा १ ओटा र सुनकोशी गाउँपालिकामा १ ओटा महिला हिंसाका घटना भएका छन् । फिक्कल गाउँपालिकामा महिला हिंसाका कुनै पनि घटना नभएको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीका अनुसार जति पनि महिला हिंसाका घटनाहरु भएका छन् ती सवैमा मिलापत्र भएको छ ।
प्रतिक्रिया

