सूचनाको हक सम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम
चनाको हक सम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम
सिन्धुली/सिन्धुलीमाढीमा आज बधबार सूचनाको हक सम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम गरीएको छ ।
राष्ट्रिय सूचना आयोग र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सूचनाको हक सम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम गरीएको हो ।
कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रर्वधनमा सूचनाको हकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै कार्यक्रम मार्फत स्थानीय तहबाट सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी पौडेलले सूचना प्राप्ति तथा प्रवाह प्रक्रियामा रहेका कानुनी प्रावधानहरू सम्बन्धी विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो भने प्रस्तुतीकरणले सूचना माग्ने र दिने प्रक्रियालाई थप स्पष्ट, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण जानकारी प्रदान गरेको थियो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश प्रसाद आचार्यले अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासा तथा समस्याहरूको स्पष्टिकरण गर्दै सूचना अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो । उहाँले नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्नु सुशासन र दिगो विकासको आधार भएको बताउँनु भयो ।
आयोगका प्रमुख आयुक्त डा. सुरेश प्रसाद आचार्यको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, स्वास्थ्य चौकी प्रमुखहरू, पत्रकार तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमले स्थानीयतहमा सूचनाको हकसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

