वडास्तरीय बालअधिकार समिति तथा बालमैत्री स्थानीय शासन वडा समिति गठन
सिन्धुली/बालबालिकाको हक, हित र अधिकार सुनिश्चित गर्दै स्थानीय तहलाई बालमैत्री बनाउने उद्देश्यले सिन्धुलीमा वडास्तरीय बालअधिकार समिति तथा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ ।
आज मंगलबार कमलामाई नगरपालिका वडा नं. ८ मा एक विशेष कार्यक्रमको आयोजना गर्दे वडास्तरीय बालअधिकार समिति तथा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको हो ।
कार्यक्रममा सहभागीहरू भएका वक्ताहरुले बालअधिकारको संरक्षण र प्रवद्र्धनका विषयमा आफ्नो धारणा राख्दै बालमैत्री वातावरण निर्माणको आवश्यकतामा जोड दिएका थिए । बालमैत्री वडा निर्माण केवल नारामा सीमित नराखी व्यवहारमा उतार्न सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा बताईएको थियो ।
कमलामाई ८ का वडा कोमल कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त वडास्तरीय बालअधिकार समिति तथा बालमैत्री स्थानीय शासन वडा समिति गठन कार्यक्रममा वडा सदस्यहरू, महिला, बालबालिका तथा समाज कल्याण शाखाका कर्मचारीहरू, वडा सचिव, स्वास्थ्य स्वयंसेविका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापकहरू तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

