हरिहरपुरगढीमा बुधबार अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द

सिन्धुली/जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा बुधबार अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ ।
पालिकाले हिजो सोमबार एक सूचना प्रकाशन गर्दे पालिकाको दोस्रो गाउँसभाको दिन भोली अर्थात बुधबार अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी दिएको हो ।

पालिकाको अनुसार गाउँपालिकाको दोस्रो गाउँसभाको हिउँदे (२२ औं) अधिवेशनमा सभा व्यवस्थापनको लागि उक्त कार्यालयमा कार्यरत कर्मचारीहरु खटिनु पर्ने भएको हुँदा अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द हुने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *