विपतबाट क्षति पुगेका कृषकलाई राहत वितरण गर्ने

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले कृषि क्षेत्रमा विपतबाट क्षति पुगेका कृषकलाई राहत वितरण गर्ने भएको छ ।

पालिकाले आज आईतबार एक सूचना प्रकाशन गर्दे कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि क्षेत्रमा विपतबाट क्षति पुगेका कृषकलाई राहत वितरण गर्न लागेको जानकारी दिएको हो ।

पालिकाको अनुसार रीत नपुगेका वा म्याद नाघि प्राप्त हुन आएका निवेदनहरु छनोटका लागि समावेश नहुने पालिकाले प्रकाशन गरेकोपत्रमा उल्लेख गरीएको छ ।

कृषकहरुले राहतको लागि विपत भएको क्षति यकिन हुने प्रहरीको घटनास्थल मुचुल्का (स्थानीयवासीका रोहबर) मा को सक्कल वा प्रमाणित प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि चाहिँने छ ।

त्यस्तै पालिकाको अनुसार सम्बन्धित प्राविधिकको अति मूल्याङ्कन प्रतिवेदन,प्रभावित कृषक÷संस्थाको बैड्क खाता नम्बर प्रष्ट देखिने चेकको प्रतिलिपि रसंस्थाको हकमा दर्ता र पछिल्लो आ.व.को कर चुक्ताको प्रतिलिपि चाहिँने उक्त सूचनामा उल्लेख गरएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *