सिन्धुली २ मा राजन दाहाल विजयी हुने निश्चित, सबै दलमा आस्था राख्नेको साझा उम्मेद्वार बन्दै दाहाल
सिन्धुली/आगामी फागुन २१ गते बिहिबार हुने प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुली २ बाट लेखनाथ दाहाल ‘राजन’ सबै दलमा आस्था राख्नेहरूको साझा उम्मेदवार जस्तै बन्दै गएको छ ।
पुराना तथा नयाँ दलका नेता कार्यकर्ताहरू सिन्धुलीको विकास र पहिचानको लागि दाहाल निर्वाचित हुनुपर्ने भन्दै खुलेर लाग्न थालेका छन् । नेपाली काग्रेसको नेता तथा निर्माण व्यवसायि जय कुमार ढकालले राजन दाहाललाई मतदान गरेर विजयी गराउन सार्वजनिक अपिल नै गर्नु भएको छ ।
उहाँ सिन्धुली जिल्लाका लागि उक्त निर्वाचनका लागि सशक्त उम्मेदवार हो । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बन्नु भएका नेता राजन दाहालको पक्षमा जिल्लाबासीको अपार माया, साथ र सहयोग छ ।
निर्वाचनमा जिल्लाको समग्र विकास, सुख, दुःखका सारथी, भ्रष्टाचार र वेतिथी विरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउँनु भएका उम्मेदवार दाहाललाई जिल्लाका आम नागरीको साथ र समर्थन छ ।
सिन्धुली दुईमा दाहाल सहित १६ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । जिल्लाबासीमा जतिवेला दुःख, संकट आउँछ त्यतिवेला सतिससाल झैं दर्वीलो खम्वा बनेर उभिने राजन दाहालनै आगामी निर्वाचनका लागि एकमात्र इमान्दार, निष्ठा र जिल्लाबासीको आशा र भरोषा भएको आम मतदाताको भनाई छ ।
समृद्ध सिन्धुलीका नेतृत्वकर्ता, जिल्लामा संकटपर्दा अग्रपङ्तीमा उभिने, निडर, प्रभावसाली नेता राजन दाहाल नै भएकाले यस पटकको निर्वाचनमा पनी उहाँलाई नै मतदान गर्ने अठोट गरिएको सिन्धुलीको मरिण गाउँपालिका ४ का मतदाता सुब्बा नेपालीको भनाई छ ।
‘जिल्लाको विकासमा उहाँको संधै नेतृत्वदायी भूमिका छ । सडक, खानेपानी, विद्युत, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा राजन दाहालले सिन्धुली जिल्लामै खेल्नु भएको भूमिका होस वा सुशासन, विकृति र विसंगीका विरुद्ध राष्ट्रिय रुपमा गरिएको खवरदारी होस उहाँकै महत्वपूर्ण भूमिका भएकाले यसपटक पनि उहाँलाई नै तारा चिन्हमा मतदान गर्ने निर्णय गरेका छौं,’ नेपालीले भन्नुभयो ।
राजन दाहाल २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुली २ बाटै प्रत्यक्षतर्फ निर्वाचित सांसद हुनुहुन्छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित दाहाल यस पटक पनि चुनावी मैदानमा हुँदा हरेक पालिकाको वडा, टोल र बस्तिका नागरीकमा मन जित्न सफल एकमात्र उम्मेदवार हुनुहुन्छ ।
उहाँले तत्कालिन समयमा भारतले गरेको अघोषित नाकाबन्दी, २०७२ सालको भूकम्प, कोरोना महामारी, २०८१ मा भएको सुनकोसी क्षेत्रको बाढी पहिरो लगायतका विपत्तिहरुमा खेलेको भूमिकाका कारण जिल्लावासीको मन जित्न सफल हुँदा यस पटक पनि उहाँलाईनै तारा चिन्हमा मतदान गरेर आम जिल्लाबासीले विजयी गराउने कुरामा आफुहरु ढुक्क भएको बताउनेहरु प्रसस्त छन् ।
त्यतिमात्र हैन् २०७९ को निर्वाचनका बेला गरेका प्रतिवद्धाहरु पुरागर्ने, बाढी र पहिरोले क्षेती पु¥याएको वीपी राजमार्गको खुर्कोट–नेपालथोक, नेपालथोक–भकुण्डेबसी खण्डको पुनर्निर्माण, सुनकोसी–मरिण बहुउद्देश्यीय आयोजना सम्पन्न गर्ने, चियाबारी–खुर्कोट सुरुङमार्गको निर्माण, कमलामाई नगरपालिकाको रिङरोड निर्माण, कमला, मरिण बागमती कटान नियन्त्रण, सिन्धुलीगढी–चपौली, मझुवा–चालिसे हुँदै विपी मार्ग जोड्ने सडकको निर्माण, मरिण–लालबन्दी, हरिहरपुरगढी–बागमती सडक, जिल्लाका हरेक घरघर जोड्ने विद्युत, एक घर एक धाराको अपुरा आयोजना पुरा गर्ने संकल्प पनि उम्मेदवार राजन दाहालमा छ ।
आवेष, उत्तेजना र आक्रोसमा भन्दा पनि जिल्लाको समग्र विकासका लागि संधै लागि पर्ने नेता दाहाललाई मतदान गर्दा मात्र जिल्लाको समग्र विकासको लागि आषा गर्न सकिने भएकाले पनि आफुहरुले पार्टी भन्दामाथी उठेर राजन दाहाललाई नै जिताउनु पर्ने अठोटका साथ सहयोगमा लागेको नेपाली कांग्रेसका नेता तथा निर्माण व्यवसायी जय ढकालको भनाई छ ।
जिल्लामा राजन दाहालको विजयीका लागि नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाकै नेता कार्यकर्ता खुलेरै लाग्नुभएको छ । क्षणीकका लागि राजनीतिक दल र नेता प्रति अक्रोस पोखेर आफ्नो भोट खेर पाल्नु भन्दा पनि जिल्लाको समग्र विकास, जिल्लाका आम नागरीकको सुख–दुःखमा साथ दिनुहुने नेता राजन दाहालकै पक्षमा उभिने र उहाँलाई नै ‘तारा’ चिन्हमा मतदान गर्न अग्रसर नेता कार्यकर्ता र शुभचिन्तकहरु जिल्लामा टन्नै भेटिन्छन् । यसले पनि यसपटकको प्रतिनिधि सभाको निर्वाचनमा राजन दाहालको जित शुनिश्चित छ ।
जिल्लाका अन्य उम्मेदवारहरु मध्ये सरल, सहज र जनउत्तरदायी नेता राजन दाहालनै भएकाले पनि राजन दाहाललाई नै तारा चिन्हमा मतदान गरेर विजयी गराउन जिल्लाका स्वतन्त्र नागरीक, व्यावसायी, ब्यापारी तथा शुभचिन्तकहरु लागि पर्नुभएको छ ।

