फिक्कलमा एकजनाको शव फेला

सिन्धुली/सिन्धुलीको फिक्कलमा एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसारगत आइतबार जिल्लाको फिक्कल गाउँपालिका २ रातामाटा स्थित वाक्सु खोलामा फिक्कल गाउँपालिका २ बबलाका २७ वर्षीय भक्त बहादुर सुनुवारको शव फेला परेको हो ।

उहाँका अनुसार सुनुवारको शव खोलाको किनारामा पानीमा घोप्टो परिरहेको अवस्था फेला परेको हो । शवलाई देखे पश्चात स्थानीयहरुले टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय खुर्कोटमा जानकारी गराएका थिए ।

जानकारी पाउँनु लगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्त बहादुर भुजेको कमाण्डमा खटि गई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *