सिन्धुलीमा मोटरसाइकल दुर्घटना,चालक गम्भिर घाइते

सिन्धुली/सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुदाँ एकजना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार बा ४४ प ९८१७ नम्बरको २२० मोटरसाइकल गत राति आइतबार बेलुका ९ः३० बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ रतनपुरमा सिन्धुलीबाट हेटौँडा तर्फ जादैँ गर्दा आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

उहाँका अनुसार दुर्घटना परेका चालकको कानमा चोट लागेर गम्भिर अवस्थामा रहेका थिए । चालकलाई तत्काल उद्धार गरि उपचारको लागि हेटौँडा तर्फ पठाईएको छ । गम्भिर घाइते भएका चालकको नाम वतन भने खुल्न बाँकी नै रहेको सूवेदीले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी चौकी झनझने सिन्धुलीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश भण्डारी को कमाण्डमा टोली खटि गई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *