१८ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा ह्विलचियर हस्तानतरण
सिन्धुली/१८ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा सिन्धुलीमाढीमा ह्विलचियर हस्तानतरण गरीएको छ ।
आज आईतबार एक विषेश कार्यक्रमको आयोजना गर्दे १८ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसरमा शारिरीक अपाङ्गता भएकी कमलामाई नगरपालिका ९बथान चोकका गंगा पाहाडीकी २४ वर्षिया छोरी रञ्जना पहाडीलाई ह्विलचियर हस्तानतरण गरीएको हो ।
ह्विलचियर महिला अपाङ्ग संघ सिन्धुलीको आयोजना तथा आईटीएम हब प्रा.लि.धुराबजार सिन्धुलीको आर्थिक सहयोगमा वितरण गरीएको हो ।
ह्विलचियर हस्तानतरण गरे पश्चात आईटीएम हब प्रा का संचालक नविन कार्कीले समाजमा पछाडी परेको र अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने प्रतिवद्धता अनुसार आज ह्विलचियर दिवसको अवसर पारेर रञ्जनालाई थेरै भए पनि हिँडडुल गर्न सहज होस् भन्ने उदेश्यले ह्विलचियर हस्तानतरण गरेको बताउनुभयो । त्यस्तै उहाँले आगामी दिनहरुमा पनि यस्ता कामहरु गर्ने बताउनुहुँदै ह्विलचियर वितरण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । संस्थाले कमायको पैसाबाट ३० प्रतिशत सामाजिक काममा छुट्याउने धारण रहेको समेत कार्कीले बताउनुभयो ।
त्यस्तै महिला अपाङ्ग संघ सिन्धुलीका अध्यक्ष दिल कुमारी देवकोटा(दिपा)ले ह्विलचियर हस्तानतरण गरेकोमा आईटीएम हब प्राःलीलाई धन्यवाद व्यक्त गनुहुँदै आईटीएम हबको पहिलो वार्षिक उत्सवको अवसरमा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर दिने प्रतिवद्धता भएकोले गर्दा आज सोहि अवसर अर्थात १८ औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको अवसर मा २४ वर्षिया रञ्जना पहाडीलाई ह्विलचियर हस्तानतरण गरीएको बताउनुभयो ।
ह्विलचियर पाए पश्चात रञ्जनाकी आमा र रञ्जनाले खुशी हुँदै महिला अपाङ्ग संघ सिन्धुली र आईटीएम हब प्रा.लिलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

