ग्रामिण क्षेत्रमा दाहालको एकछत्र प्रभाव
सिन्धुली/फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अधिकाँश उम्मेदवारले घरदैलो तथा मतदाता भेटघाटलाई अन्तिम अन्तिम चरणमा पुर्याएका छन् ।
निर्वाचनको समयमा मात्र नेता गाउँ फर्किए भन्न जनगुनासोलाई सिन्धुली निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार लेखनाथ दाहालले मेटाउन सफल भएका छन् ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा निर्वाचित भएर सांसद भएपछि पनि नियमित जनताको सुख दुखमा संगै भएका कारण दाहालको सवालमा जनगुनासो कम भएको हो । ग्रामिण क्षेत्रमा दाहालको एकछत्र प्रभाव देखिएको छ ।
निर्वाचन क्षेत्रमा रहेको चार गाउँपालिका र एक नगरपालिका मध्य सुनकोशी गाउँपालिका गृहपालिका भएकोले पनि प्रभाव बढेको छ भने घ्याङ्लेख, मरिण र हरिहरपुरगढीमा संगठनको बलियो उपस्थिति र उम्मेदवारको बलियो प्रभावका कारण एकछत्र प्रभाव देखिएको छ ।
कमलामाई नगरपालिकाको सदरमुकाममा रास्वपाको सामान्य प्रभाव देखिएपनि दाहालको नै वढी प्रभाव देखिन्छ । नेकपा एमालेको संगठनको भोट संरक्षणका लागि नै हम्मेहम्य पर्ने अबस्था देखिन्छ । नेकपा एमाले र नेपाली काँग्रेसको मत रास्वपाले निक्कै मत चोरे पनि जित्न सक्ने प्रभाव देखिदैन ।

