सिन्धुलीमा मदिरा बिक्री तथा वितरणमा निषेध

सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मदिरा बिक्री तथा वितरणमा निषेध गरेको छ ।

प्रशासनले हिजो बिहिबार एक सूचना प्रकाशन गर्दे आउँदै गरेको फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई केन्द्रित गर्दे मदिरा बिक्री तथा वितरणमा निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले हिजो बिहिबार एक सूचना जारी गर्दै मतदान हुने दिनभन्दा सात दिन अगाडि अर्थात् फागुन १४ गते देखि निर्वाचनको अन्तिम परिणाम सम्पन्न नभएसम्म सिन्धुली जिल्लाभरमा सबै प्रकारका मदिराजन्य पदार्थहरूको विक्री–वितरण र सार्वजनिक स्थानमा गरिने सेवनलाई पूर्ण रूपमा रोक लगाइएको जानकारी गराएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले प्रकाशन गरेको सूचनामा उल्लेख गरीएको छ ।

साथै प्रशासनले मदिरा निषेधाज्ञा लागु गराए संगै सुरक्षा निकायहरुबाट कडाइका साथ अनुगमन गरिने जानकारी गराउँदै सूचनाको उल्लंघन गरी मदिरा विक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने चेतावनी समेत दिएको छ ।

आउँदै गरेको फागुन २१ गतेको निर्वाचनलाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनको लागि मदिरा विक्री वितरण तथा सेवन नगरिदिन राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय सिन्धुली आग्रह समेत गरेको छ । अब निर्वाचन आउन मात्र ६ दिन बाँकि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *